जेष्ठ १५, २०८२ बुधबार

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् ।

पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ मंगलबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]