असार ५, २०८२ बिहीबार

एमालेले गणतन्त्रको उत्सवका रुपमा सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा एमालेले आज गणतन्त्रको पक्षमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको प्रदर्शन गर्न लागेको हो ।

एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले भृकुटीमण्डप, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै रत्नपार्कको शान्तिवाटिकासम्म गणतन्त्रको उत्सवका रुपमा सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्नेछ ।

यसअघि ललितपुरमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौंलाई एमालेको कब्जामा राख्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ बिहीबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]