जेष्ठ ३, २०८१ बिहीबार

दमकमा सरसफाई सप्ताह

मनकुमार गदाल

दमक । गाउँटोल र वडाको सरसफाईलाई निरन्तरता दिने उद्देश्यले दमक –८ नम्वर वडा कार्यालयले आजबाट सरसफाई सप्ताह शुरु गरेको छ ।
टोलबासी ,संघ संस्थाका प्रमुख प्रतिनिधि ,विधार्थी ,स्थानीय सरकार र सर्वसाधारणको सहभागितामा वडा नम्वर –८ को जेसीज मार्गबाट सरसफाई सप्ताह शुरु भएको हो ।

सरसफाई सप्ताहमा सहभागीहरुले कुटो कदालो लिएर झाङ्गझाडी सफा गर्ने , झारहरु उखल्ने , सडक ,बाटो किनारमा फालेको गुट्खा मधु लगायतका सामग्रीको खोल र फोहोर मैला उठाएर दमक नगरपालिकाको फोहोर संकलन गर्ने गाडिमा पठाइएको छ ।


वडा नम्वर ८ को वडा कार्यालय र दमक जेसीजले आयोजना गरेको जेसीज मार्गबाट शुरु भएको सरसफाई अभियान आउँदो जेठ १६ गतेसम्म चल्ने छ । सरसफाई सप्ताह शुरु हुनअघि टोल बिकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाको मेयर रोमनाथ ओलीले डस्विन बितरण गरेका थिए ।

मेयर ओलीले टोलबासी आफैले आएर आफनो घर आंगन अगाडी आफैले सरसफाई गर्नुपर्ने बताएका छन् । प्लाष्टिक लगायतका नकुहिने बस्तु डस्विनमा राख्नु पर्ने र कुहिने बस्तु मल बनाएर करेसा बारीमा प्रयोग गर्न ओलीले आग्रह गरे । उपमेयर गीता अधिकारीले सरसफाईमा उपभोक्ता जागरुप भए मात्र वडा र नगर सफा राख्न सकिने बताएकी छन् ।

प्लाष्टिकको प्रयोग गरी ,गुट्खा ,मधुका खोल जथाभावी फालेमा वडा कार्यालयले जरिवाना समेत गर्ने वडा नम्वर ८ वडा अध्यक्ष पशुपति राज गौतमले बताएका छन् ।


सरसफाई सप्ताह किरात चोक , एभरेष्ट बोडिङ्ग स्कूल अगाडी, राते होली र दमक ८ को इलम प्रशिक्षण केन्द्र छेउ सम्म चल्ने र भोलीका दिनमा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण साथै ज्येष्ठहरुको मृगौला रोगको परिक्षण लगायतका कार्यक्रम रहेको सप्ताहका संयोजक प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]