जेष्ठ २४, २०८२ शुक्रबार

ज्यामिरगढीको बायोमास इनर्जी उद्योगमा आगालागी

मेचीनगर, २१ जेठ । मेचीनगर–१५, ज्यामिरगढी स्थित सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आगलागी भएको छ ।
बुधबार विहान उद्योगमा रहेको प्लाईको टुक्रामा आगलागी भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

उद्योगमा विहान साढे ६ वजे आगलागी भएको जानकारी आउन साथ इलाका प्रहरी कार्यालय धुलाबारीका सहायक निरीक्षक गंगाराज राईको टोली, भद्रपुर र मेचीनगरको दमकलले आगो निभाउने प्रयास गरेको थियो ।

सरिया बायोमास इनर्जी प्रालिका सञ्चालक विवेक पुरीले विहान करिव ४ वजेतिर काठको जवडा बाफफिएर आगो लागेको हुनसक्ने अनुमान गरेका छन् ।

उनले बायोमास पेलेटबाट वीक्रेट (कोइला) बनाउन प्रयोग गरिने करिव साढे तीन सय गाडी काठको जवडा जलेर नष्ट भएको बताए । उनका अनुसार उद्योगमा करिव १२ सय गाडी जति काठको जवडा भण्डारण गरेर राखिएको थियो ।
उद्योगमा आगलागी हुँदा कतिको क्षति भयो भन्ने यकिन विवरण नआइसकेको प्रहरीको भनाई छ ।

इटा, सिमेन्ट उद्योग, होटल लगायत क्षेत्रमा प्रयोग भइरहेको कोइला विस्थापित गरेर हरित र दीगो उर्जाको प्रर्वद्धन गर्न बायोमास पेलेटको प्रयोग गरिन्छ । सामुदायिक वनबाट ल्याइएका पात, सुकेको काठको जवडाबाट बायोमास पेलेट प्रयोग गरेर कोइला उत्पादन गरिन्छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बुधबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]