जेष्ठ २४, २०८२ शुक्रबार

समृद्धिका लागि योजना चित्र बनाउदै एमाले

बिर्तामोड । नेकपा एमालेले जनताको घरघरमा पुगेर समस्याको पहिचान गर्दै विकासको खाका बनाउने अभियान सुरु गरेको छ ।

जनताको चहानाका आधारमा विकासको खाका बनाउन बुधवार झापामा अभिमुखिकरण सञ्चालन गरिएको छ । कोशी प्रदेशको विकास र समृद्धिका लागि झापा जिल्लाको योजना चित्र निर्माण गर्न आयोजित अभिमुखिकरणमा नेताहरुले अब जनताको घरघर पुगेर समस्याहरुको संकलन गर्ने जनाएका हुन् । नेकपा एमालेका कोशी प्रदेश इञ्चार्ज शेरधन राईले नेताहरुलाई कोशी प्रदेशको समृद्धिका लागि जिल्ला– जिल्लामा योजना चित्र निर्माण गर्न सूझाव दिनुभयो । उहाँले ०८२ भित्र प्रदेशका सबै जिल्लाले समृद्धिका लागि योजना चित्र बनाउने जानकारी दिनुभयो ।

जनप्रतिनिधि, पार्टीका नेताहरु सहभागी भएको अभिमुखिकरण कार्यक्रममा उहाँले वडासम्मको विकासका खाका बनाउन सूझाव दिनुभएको हो । जनताको आधारभुत आवश्यकता के हो ? योजना चित्र मार्फत ल्याउनुहोस्, उहाँले भन्नुभयो, ‘ भौतिक पूर्वाधारको अधिकतम काम सम्पन्न भएको छ, अब जनतालाई आर्थिक रुपमा सम्पन्न कसरी बनाउने हो ? योजना बनाउनुहोस् ।’

पूर्व मुख्यमन्त्री राईले हरेक निर्वाचनमा जनताले मतदान किन गर्ने भन्ने जिज्ञासा राख्छन्, त्यसका लागि योजना चाहिन्छ । हामीले समृद्धिको खाका दिएपछि मात्रै जनताले एमालेलाई बहुमत दिनेछन् । झापाको योजना चित्र बनाउन ७ सदस्यीय कार्यदलमा विज्ञहरु, राजनीतिक नेतृत्व रहनेछन् । वडादेखि जिल्ला तहसम्मको चौतर्फी विश्लेषण गरेर योजना बनाउन नेता राईले सूझाव दिनुभयो ।

‘स्वच्छ, सुखी र समुन्नत कोशी प्रदेश’ का लागि योजना चित्र मार्फत एमाले अघि बढ्ने उहाँको धारणा छ । एमालेले आगामी निर्वाचनमा बहुमत जीत हासिल गर्ने गरी योजना बनाएर जनताको बीचमा जानुपर्ने बताउनुभयो ।
जनप्रतिनिधि, पार्टीका नेताहरुले समेत सूझाव राखेको कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले समृद्धिका लागि निर्माण गरिने योजना चित्रले झापाबासीको भावनालाई सम्बोधन गर्ने बताउनुभयो । कोशी प्रदेशको समृद्धिका लागि झापाको विकास महत्वपूर्ण हुने बताउदै अध्यक्ष गिरीले झापाको सबै क्षेत्रको अध्ययन गरेर योजना बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]