जेष्ठ २५, २०८२ शनिबार

पूर्वराष्ट्रपति भण्डारी बिर्तामोडमा

बिर्तामोड । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिर्तामोड आउनुभएको छ । हिजो विराटनगर आउनु भएको पूर्वराष्ट्रपति भण्डारी भर्खरै बिर्तामोड आइपुग्नु भएको हो । उहाँलाई बिर्तामोडस्थित सिद्धार्थ होटलमा भव्य स्वागत गरिएको छ ।

नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागको आयोजनामा भोलीदेखि सुरु हुन गइरहेको विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा उहाँ बिर्तामोड आउनुभएको विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

विज्ञान तथा प्रविधि विभागले जेठ २४, २५ र २६ गते विर्तामोडको देवी माध्यमिक विद्यालयमा उक्त प्रदर्शनीको आयोजना गरेको छ ।

प्रदर्शनी प्रतियोगितात्मक हुने र विद्यार्थीले बनाएका विज्ञानका सामग्रीलाई प्रदर्शनीमा राखिनेछ । अहिलेसम्ममा १२ जिल्लाका ७० वटा विद्यालयले प्रदर्शनीमा भाग लिने टुंगो गरिसकेको पोखरेलले बताउनुभयो ।

प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शुक्रबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]