जेष्ठ २६, २०८२ आईतबार

छोरीको जन्मदिनमा सामाजिक संस्थालाई आर्थिक सहयोग

बिर्तामोड । युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गर्नु भएको छ ।

उहाँले शनिवार एक संक्षिप्त कार्यक्रमका विच बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित भक्तबारीमा रहेको तारा नमस्ते वालग्राम र मेघबारीमा रहेको सिद्दीविनायक कर्मयोग भवन निर्माणको लागि रकम सहयोग गर्नु भएको हो ।

खत्रीले वालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाइ ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो । यस्तै कर्मयोग भवनको लागि निर्मलका वुवा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पत्रकार पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

व्यवसायी खत्रीले विभिन्न बहानामा फजुल खर्च गर्नु भन्दा सामाजिक सेवाका लागि खर्च गर्नु उत्तम कार्य रहेकोले छोरीको जन्मोत्सवको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गरेको बताउनु भयो । खत्रीले केहि समय अघि मात्रै आफ्नो जन्मदिनको अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक सदस्य राहतकोषमा ५१ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।

बालग्राममा आयोजित रकम सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी खत्रीकी जीवन संगिनी रेनुका लिम्बु (खत्री), सासुआमा दिलकुमारी लिम्बु, व्यवसायी हरिकेशर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ २५, २०८२ शनिबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]