बिर्तामोडबाट २५ बोरा अवैध चिनी, पिकअपसहित एक पक्राउ
बिर्तामोड । अवैध चिनी, पिकअपसहित सामानधनीलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । बिहीवार बिर्तामोड नगरपालिका –५ सुब्बा चौकबाट प्रहरीले अवैध चिनी नियन्त्रणमा लिएको हो ।
मे.१ च ६२८४ नं को पिकअपमा भन्सार छली लुकाई छिपाई सामान ल्याएको भन्ने गोप्य सूचनाको आधारमा इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले ५० किलो ग्रामको २५ बोरा चिनी बरामद गरेको हो ।
अन्दाजी १ लाख २५ हजार मुल्य बराबरको चिनी र पिकअप अन्दाजी मुल्य १२ लाख बरामद गरी सो सामान धनी कन्काई नगरपालिका ८ बस्ने बर्ष ३२ को नारायण सिटौलालाई नियन्त्रणमा लिई इप्रका अनारमनीले जनाएको छ । प्रहरीका अनुसार उक्त अवैध सामान भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको छ ।