जेष्ठ ३२, २०८२ शनिबार

रास्वपाबाट श्रम मन्त्री बनेर कति वटा देशसँग श्रम सम्झौता गर्नुभयो ? : मन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपाका सांसदहरुलाई आफुले धेरै वटा देशसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीको वातावरण बनाएको बताएका छन् ।

उनले रास्वपाका सांसदलाई लक्षित गर्दै भने, तपाईको पार्टीबाट श्रम मन्त्री बनेर कति वटा देशसँग श्रम सम्झौता गर्नुभयो ? वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि केके काम गर्नुभयो ?

भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै मन्त्री लेखकले रोष्टमबाट यसअघि अख्तियारले अनुसन्धान गर्दा कुन–कुन मन्त्रीले राजीनामा दिनुभयो भन्ने प्रश्न गरेका छन् ।

उनले आफूविरुद्ध नियोजित षड्यन्त्रका रूपमा यो विषय ल्याइएको आरोप लगाए । उनले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि विभिन्न आरोप लगाइएको बताए ।

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन र हुन सक्दैन । मेरा विरुद्धमा नियोजित रूपमा षड्यन्त्र भएको छ । त्यसको म खेद प्रकट गर्न चाहन्छु, उनले भने ।

संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने उनको भनाइ छ । यसअघि यस्ता विषयमा कति जना मन्त्रीले जवाफ दिनुभएको छ, उनले प्रश्न गरे ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि आफू थप क्रियाशीलता रहने र अनुसन्धानमा कुनै प्रभाव पार्ने काम नगर्ने बताए । अनुसन्धानमा प्रभाव पार्ने काम हुनु हुँदैन भन्ने म स्पष्ट छु । गृहमन्त्री पदको दुरुपयोग गरेको भन्ने कुरा गलत छ । म त्यस्तो गर्दिनँ, उनले भने ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शुक्रबार  ५ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]