जेष्ठ ३२, २०८२ शनिबार

अनेरास्ववियुमा झापाबाट ९ जना निर्वाचित

बिर्तामोड । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट झापाका ९ जना विद्यार्थी नेताहरु विभिन्न पदमा निर्वाचित भएका छन् । हालै सम्पन्न महाधिवेशनबाट झापाबाट ९ जना नेताहरु निर्वाचित भएका हुन् ।

झापाबाट अनेरास्ववियुको नीति अनुसन्धान आयोग अध्यक्षमा प्रकाश विष्ट निर्वाचित भएका छन् । केन्द्रीय सचिवालय सदस्यमा रोशन लामा, केन्द्रीय सदस्यमा सन्तोष धमला कोशी भुगोल (मेचीनगर), सनज्योती नेम्वाङ समावेसी महिला खुल्ला (हल्दवारी), आहिस्था कार्की उपत्यका महिला (गौरादह), मौसम स्याङ्बो विश्वविद्यालय खुल्ला (गौरादह) निर्वाचित भएका छन् । यस्तै, विभिन्न आयोगको सदस्य ३ जना निर्वाचित भएका छन् ।

नीति अनुसन्धान आयोग सदस्यमा सलिना गुरुङ (कचनकवल), सन्देश पौडेल अनुशासन आयोग सदस्य (मेचीनगर) र कल्पना खतिवडा नीति अनुसन्धान आयोग सदस्य (हल्दिवारी) निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शुक्रबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]