संगीतकार गजमेर र शिक्षासेवी ढुंगानालाई बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान
बिर्तामोड । गोर्खा फाउण्डेशन नेपालले बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गरेको छ । शनिवार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रमका बीच वर्ष बरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई बिसे नगर्ची राष्ट्रिय व्यक्तित्य सम्मान प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष विरु दर्नालले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गरेका थिए । यस्तै, जिल्ला तहमा रहेर काम गरिरहेका व्यक्तित्वहरुलाई सोही कार्यक्रममा सम्मान गरिएको छ । गीत संगीत, साहित्य तथा शिक्षा सेवाबाट हस्त परियार, पहिलो फिफा रेफ्री श्याम दनुवार, पत्रकार पर्वत पोर्तेल, कलाकार सुवास मेचे र पहिलो महिला अटो मेकानिक निरु परियारलाई सम्मान प्रदान गरिएको हो ।
गत वर्षबाट सुरु गरिएको बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमलाई निरन्तरता दिदैं फाउण्डेशन यो भव्य रुपमा कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेको छ । बिसे नगर्चीको सदासर्वदा स्मरण र सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
रोशन नेपालीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री शर्मा, सम्मानित व्यक्तित्वहरु लगायतले धारणा राखेका थिए । उक्त कार्यक्रममा सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको फाउण्डेशनका महासचिव सुवास तिखत्रीले जानकारी दिए ।