बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा १२५ सिसि पल्सरको विक्री शुरु

बिर्तामोड । बजाज कम्पनीले १२५ सिसिमा नयाँ पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । बिर्तामोडस्थित मेची पावर मोवाइल्स ट्रेडले नयाँ पल्सरको विक्री शुरु गरेको म्यानेजर गोविन सुवेदीले जानकारी दिए ।

कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा ल्याएको हो ।
यसको लुक्स पल्सर १५० नियोन जस्तै छ । १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ सय आरपिएममा ११ एनएम टर्क जेनेरेट गर्छ ।

५ स्पिड गेयर बक्स रहेको यो बाइक जुनसुकै गेयरमा स्टार्ट गर्न सकिन्छ । म्यानेजर सुवेदीका अनुसार सो मोटरसाइकलको मुल्य २ लाख २४ हजार ९ सय रहेको छ । उनले नयाँ वर्ष २०७७ को अवसरमा बजाजका हरेक मोटरसाइकल खरिदमा नगद १० हजार छुट दिने जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]