असार ७, २०८२ शनिबार

आज रास्वपाको तेस्रो स्थापना दिवस

काठमाडौँ, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज तेस्रोे पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो  । भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत सुरु गरिएको रास्वपाले जनाएको छ  ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गर्नुभएका छ । त्यस अवसरमा उहाँले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी  निरन्तर अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : असार ७, २०८२ शनिबार  १ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]