लागुऔषध लिन काठमाडौंबाट झापा आएका कारोबारी भद्रपुर नाकाबाट ४७ ग्रामसहित पक्राउ
बिर्तामोड । झापा प्रहरीले ठुलो मात्रामा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिई पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । काठमाडौंबाट झापा हुँदै भारतबाट लागुऔषध आयात गर्ने दुई जनालाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको थियो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक विजय चौहान र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रनानि कुमार सोमेस लामिछानेको टोलीले चेकजाँचका क्रममा भद्रपुर ५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३०–च ७७९३ नंम्वरमा लागुऔषध बरामद गरेको थियो । नेटा कम्पनीको निरो रंङको कारमा चालक काठमाडौं महानगरपालिका वडा नं. २६ क २४ वर्षीय निवेश कुँवरले आफ्नो सिट मुनी लुकाई ल्याएको ४७ ग्राम ६९० मिलिग्राम लागुऔषध फेला परेको झापा प्रहरीले जनाएको छ । चालक कँुवर सो प्रतिबन्धित लागुऔषधमा बसेर आएका थिए ।
प्रहरीका अनुसार बरामद लागुऔषध, कारसहित कारमा सवार लमजुङ कालोसोतार गाउँपालिका ७ बस्ने २२ वर्षीय नोजिना राना मगर समेतलाई नियन्त्रणमा लिई कारबाही सुरु गरिएको सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।