असार ९, २०८२ सोमबार

सडक सञ्जालमा शिवसताक्षी ६ अगाडि

सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा नगरकै ठुला योजनाहरु सञ्चालनमा रहेका छन् । नगरका ११ वटै वडा भन्दा वडा नं. ६ विकासको दृष्टिकोणले अब्बल देखिएको छ ।

वडामा नगरकै एक मात्र सब्जी मण्डी, नगर अस्पताल निर्माण, सामुदायिक भवन, ज्येष्ठ नागरिक भवन, सडक, विद्यालय भवन, बजार भित्रका बाटाका ढलहरु निर्माण भएको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका अधिकांश सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार तर्फ
शिवसताक्षीको शिवगञ्जमा ड्रेन सहितको चौडा सडक निर्माण भएको छ । अन्य वडाहरुमा भन्दा सडक सञ्जालमा वडा न ६ अगाडी देखिएको हो । शिवगञ्जको पूर्व उत्तर १ किमी सडक कालोपत्रे भएको छ । जसमा ५ सय मिटर ड्रेन सहित सडक निर्माण भएको हो । त्यस्तै शिवगञ्ज इलाका प्रहरी कार्यालयहुँदै कमल बनियानी खोलासम्म जाने ७ किलो मिटर सडक कालोपत्रेको तयारी रहेको छ । संघीय सरकारको १६ करोडको बजेटबाट ७ मिटर चौडा सडक कालोपत्रे तयारी रहेको हो । जुन आगामी आषाढ मसान्तसम्ममा कालोपर्ने हुने वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । शिवगञ्ज बजारदेखि वडा कार्यालयसम्म जाने सडक ३ सय मिटर कालोपत्रे भएको वडा कार्यालयले जनाएको छ । वडाले चालु आर्थिक वर्षमा १० लाखको लागतमा २ ओटा कल्र्भट निर्माण गरेको छ । पछि खेलिएका बाटाहरुलाई स्तरोन्नतीको काम भइरहेको वडा कार्यालयले जनाएको छ ।

नगरको एक मात्र कृषि बजार शिवसताक्षीको शिवगञ्जमा व्यवस्थित गरिएको छ । ३ करोड १२ लाख बजेटबाट उक्त सब्जी बजारको भवन निर्माण गरिएको हो । वडा न ६ मा १५ बेडको नगर अस्पतालको निर्माण भएको छ । जसको ९० प्रतिशत काम सकिएको छ भने, उक्त अस्पताल सञ्चालनको तयारीमा रहेको वडाध्यक्ष खुलालको भनाई छ । वर्षातको समय सतासी खोलाको बाढीबाट आजित बनेका नागरिकको धनजनको सुरक्षाका लागि तटबन्धन निर्माण गरिएको छ । सतासी खोलामा ५० लाखको लागतमा तटबन्धन गरिएको हो । शिवगञ्ज पुरानो बजारदेखि झापा गाउँपालिकाको मदरगाछ जोड्ने कनकाई नदिमा निर्माणाधिन पक्की पुलको ६० प्रतिशत काम सकिएको वडाध्यक्षको भनाई छ । जसले शिवगञ्ज बजारलाई झापा गाउँपालिकासँग सिधै जोड्ने छ । वडाले उज्यालो बत्ती कार्यक्रम अन्तर्गत शिवगञ्ज बजारमा सडक बत्ती जडान गरी रात्रीकालिन उज्यालो बनाएको छ ।

शिक्षा
शिवसताक्षी ६ मा शिवगञ्जमा रहेको जनआदर्श माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा विकास भइरहेको छ ।
हाल उक्त विद्यायलमा पुस्तकालय, प्रयोगशाला, आइसिटी कक्षा, शौचालय, पिउने पानी, खेल मैदान आदिको कामहरु निर्माणका चरणमा रहेका छन् । वडाध्यक्ष कार्कीका अनुसार नमुना विद्यालयमा गैरसरकारी संस्थाको सहकार्यमा शुद्ध पिउने पानीको व्यवस्थाका लागि काम गर्ने तयारी रहेको छ ।

वडामा रहेको शिवगञ्ज बहुमुखी क्याम्पस, गौरीशंकर प्रावि, सरस्वती प्रा.वि., सामाजिक आदर्श प्रा.वि.मा शैक्षिक सुधार कार्यक्रम, जनआदर्श माविमा कक्षा १० का विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । वडाले चालु आर्थिक वर्षमा शिक्षाको गुणस्तर बृद्धिका १० लाख बजेट विनियोजन गरेको थियो । जस अनुसार वडामा भएका सबै विद्यालयहरुमा समानुपाति ढंगबाट शैक्षिक गुणस्तर बृद्धिका लागि काम गरिएको वडाध्यक्ष खुलालको भनाई छ ।
शिवसताक्षी ६ बाट गणेशमान अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयमा अध्ययरनत विपन्न जेहेन्दार विद्यार्थी छात्र बृद्धि प्रदान गरिदै आइएको छ ।

सामाजिक विकास तर्फ
वडामा भएका विपन्न नागरिकहरुको आय आर्जनमा बृद्धि गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । वडामा रहेका महिला दिदीबहिनीहरुलाई उद्यमशितासँग जोड्न सिलाई कटिङ्गतालिम सञ्चालन गरिएको वडा सदस्य गोमा रिजालले जानकारी दिइन् । चालु आर्थिक वर्षमा वडाका २५ जनालाई सिलाई कटिङ्ग तालिम दिइएको छ । जसमा ४ समूहलाई प्रविधि समेत हस्तान्तरण गरिएको वडा सदस्य रिजालले जानकारी बताइन । वडाले उद्यमी महिला समूहलाई लुगा सिलाउने ज्याक मेसिन निशुल्क प्रदान गरिएको हो । त्यस्तै वडामा रहेका आमा समूहहरुलाई पनि आज आर्जनमा जोड्नका लागि पेपरबाट धुपबाती बनाउने प्रविधि हस्तान्तरण गरिएको छ । वडाका ३ आमा समूहलाई धुपबाती बनाउनका लागि विउपुँजी सहित प्रविधि हस्तान्तरण गरिएको वडा सदस्य रिजालको भनाई छ ।

त्यस्तै गरी वडाले २८ जना युवा युवतीहरुलाई वारिष्टा तालिम समेत दिइएको वडा कार्यालयले जनाएको छ ।
वडामा विपन्न नागरिक लक्षित स्वास्थ्य विमा कार्यक्रम समेत सञ्चालन गरिएको छ । जसबाट ४१ परिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको भने, नागरिक दुर्घटना विमा वडाका १ हजार ३ सय ३४ जनालाई गरिएको छ । जसले सडक दुर्घटनामा उपचार खर्च र मृत्यु भए परिवारलाई १ लाख राहत प्राप्त गर्ने वडाध्यक्ष खुलालले बताए । वडाका नागरिकहरुको मृत्यु भएमा मृत्यु संस्कार कार्यक्रम सञ्चालन गरी मृतकको परिवारलाई प्रतिपरिवार ५ हजार प्रदान गर्दै आइएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए । वडाध्यक्ष खुलालका अनुसार नगर मै पहिलो पल्ट मृत्यु संस्कार कार्यक्रम ६ नम्बर वडाले सञ्चालन गरेको थियो ।

वडामा भएका ज्येष्ठ नागरिकलाई सम्मान र लामुट्टेको टोकाईबाट हुने रोगहरुबाट टाडै राख्न झुल वितरण गरिएको थियो । जसमा २४० जनाले निशुल्क झुल प्राप्त गरेका हुन् ।

वडामा रहेका युवा यवतीहरुलाई लागु पदार्थ दुव्र्यसनीबाट बचाउन विभिन्न लागु औषध दुव्र्यनी विरुद्ध कार्यक्रमहरु सञ्चालन गरिएको छ । जहाँ युवा, त्यहाँ सुरक्षा लागु औषध न्युनिकरण हामी सबैको इच्छा भन्ने मुल नाराका साथ शिवगञ्ज बजारमा सडक नाटकसहितको कार्यक्रम सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले किसानहरुलाई सुपारीको विरुवा वितरण गरेको छ । ६ नम्बर वडा सुपारीको बोटले हराबरा भन्ने नारासहित वडाले २ हजार २ सय जनालाई सुपारीको विरुवा वितरण गरेको हो । वडाका नागरिकले प्रत्येक घरमा सुपारी लगाउनु पर्ने वडाध्यक्ष खुलालले जानकारी दिए । उनले वडा नंम्बर ६ सुपारीबाट परिचित गराउन वडाले अभियान चलाएको बताए ।

वडाले गर्न बाँकी काम
चालु आर्थिक वर्षमा वडा नं. ६ ले केही कामहरु गर्न बाँकी रहेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । शिवगञ्ज खानेपानी आयोजनाको पाइप लाइन विस्तारका लागि काम गर्न बाँकी रहेको छ । खानेपानी आयोजनाले ४ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण भएको वडाध्यक्षको भनाई छ । जसबाट १२ सय घर धुरी लाभावान्ति हुने छन् । वडाले वडा कार्यालय अगाडी निर्माण कार्य सुरु गरेको कर्भडहल बजेट अभावका कारण निर्माण कार्य पुरा नभएको, सतासी खोलामा २ सय मिटर तटबन्धन गर्न बाँकी रहेको वडाध्यक्षको भनाई छ । पछिल्लो समय वडामा भुसिया कुकुरले आतंक मचाउँदै आएको छ । भुसिया कुकुरबाट विभिन्न चौपायलाई आक्रमण गरिरहेकाले त्यसको नियन्त्रणमा गर्न आवश्यक रहेकाले कुकुर बन्ध्याकरणका लागि पहल गरिने वडा कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : असार ९, २०८२ सोमबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]