एसीसी क्रिकेटः नेपाल जापानसँग भिडदै
काठमाडौं, १० असार । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ।
लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले आज जापानसँग मैदानमा उत्रिन लागेको हो । सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।
नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो।
विपिन प्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा हुनेछन् ।