जेष्ठ ४, २०८१ शुक्रबार

१० नं वडा सेमीफाइनलमा

बिर्तामोड । झापाको विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं १० ले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।


स्थानीय डोमालाल रङ्गशालामा भएको खेलमा वार्ड नं १० ले वार्ड नं ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको शुरुदेखि नै वार्ड नं ६ माथि हावी देखिएको वार्ड नं १० को तर्फबाट पहिलो हाफको २१ औं मिनेटमा जर्सी नं ७ का उत्सव राईले टिमका लागि गोलको खाता खोलेका थिए । उनले तीन मिनेटपछि नै अर्को गोल थपे । राईले दुबै गोल १० नं जर्सीका अभिषेक गुरुङको सटिक पासमा गरेका थिए ।


मध्यान्तरपछि पनि वडा नं १० वडा नं ६ माथि हावी रह्यो । झापा ११ टिमबाट खेलिसकेका खेलाडीहरु समेत रहेको १० नं वडाले दोस्रो हाफको तेस्रो मिनेटमै तेस्रो गोल गर्यो । जर्सी नं ५ का विमान राईले गोल गरेका थिए भने १० औं मिनेटमा १७ नं जर्सीका राज कन्दङ्वाले गोल गरेर टिमलाई ४–० को स्थितिमा पुर्याए । पराजित टिमका जर्सी नं ९ का मौसम लिम्बूले सान्त्वना गोल गरे ।


पहिलो हाफमा लगातार दुई गोल गरेर टिमलाई मजबुत स्थितिमा पुर्याएका विजयी वार्ड नं १० का उत्सव राई म्यान अफ द म्याच घोषित भएको आयोजक समितिका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]