बैशाख ८, २०८१ शनिबार

चोकचोकमा पानी राखौं

सम्पादकीय

कोरोनको त्रासले नेपाल भयाभय भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम नेपालमा बढ्दै गएको छ । अन्य राष्ट्रबाट नेपाल भित्रिने नेपालीका कारण यसको जोखिम बढेर गएको छ । नाकामा कडाई गर्दा गर्दै चोरबाट भित्रिएका नेपाली जोखिमको मुख्य कारण बनिरहेको छ । त्यति मात्र होइन, नेपाल अहिलेसम्म संक्रमणमा नपरेकाले सुरक्षित ठाउँको खोजी गर्दै अन्य देशबाट पनि आउने क्रम जारी रहेको पाइन्छ ।

जोखिमको दर उच्च छ । यो समयमा सक्नेले जनसेवा गर्ने बाहेक अर्को विकल्प छैन । झापा उत्तिकै जोखिममा छ । भारतीय सीमामा पर्ने जिल्ला भएकाले पनि त्रासपूर्ण समय विताउनु परेको छ । यसैले सुरक्षित बस्नैपर्छ । अहिलेको जरुरी भनेको एकअर्कालाई सरसफाई भएर बस्न सिकाउने र त्यसका लागि मद्दत गर्ने नै हो । पानीको पर्याप्त व्यवस्था गरेर हरेक चोकचोकमा हात धुने र पिउने गरीको वातावरण बनाउन आवश्यक छ । यसका लागि खानेपानी संस्थाहरुले अगुवाई गर्नैपर्छ ।

जिल्लाभर रहेका खानेपानी संस्थाले आफ्नो सेवा क्षेत्रभित्र पानीको पर्याप्त सुविधा दिन आवश्यक देखिन्छ । चोकचोकमा पानीको व्यवस्था गरेर यो समयमा योगदान गर्नैपर्छ । मुलुक अघोषित रुपमा लकडाउन भइसकेको छ । यो विसम परिस्थितिको सामना सबै नेपालीले गर्नुपरेको छ । कुनै पनि बेला महामारीको रुपमा फैलिन सक्ने कोरोना भाइरस भरसक सतर्क बनेर सुरक्षित बन्नैपर्छ । सबैले ‘म सुरक्षित बस्नेछु र अन्य सबैलाई सुरक्षित बस्न सहयोग गर्छु’ भन्ने भावनाका साथ कोरोनालाई जित्न आवश्यक छ ।

प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार  १० : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]