असार १७, २०८२ मंगलबार

शिवसताक्षीका दुई स्वयसेवीकालाई सम्मानसहित विदाई

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको रुपमा योगदान पुर्याएका दुई महिला स्वयमसेवीकालाई सम्मानसहित विदाई गरिएको छ।

नगरपालिकामा विसं २०५६ सालदेखि कार्यरत बृन्दादेवी पोख्रेल र २०४६ सालदेखि कार्यरत तुलसा घिमिरेलाई औपचारिक रुपमा विदाई गरिएको हो। अनिवार्य अवकास प्राप्त गरेका उनीहरूलाई नगरपालिकाले नगदसहित सम्मान प्रदान गरेको छ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले संयुक्त रूपमा दुबै स्वयमसेवीकालाई सम्मान गरेका थिए। नगरपालिकाले उनीहरूलाई जनही रु। १ लाख पुरस्कार राशी प्रदान गरेको हो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङफेले लामो समयसम्म समाज र समुदायको सेवामा समर्पित भई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताइन् । उनले नेपालमा मातृ मृत्युदर न्यूनीकरणजस्ता महत्वपूर्ण क्षेत्रमा स्वयमसेवीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको जानकारी दिइन् ।

उपप्रमुख नरमाया कार्कीले सीमित स्रोत साधनका कारण विगतमा स्वयमसेवीकाहरूको परिश्रम अनुरूप पारिश्रमिक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै भनिन्, पहिले अवकास पुरस्कार राशी ३० हजार मात्रै थियो, तर अहिले सम्मान स्वरुप बढाएर १ लाख पुर्‍याएका छौं।

सो अवसरमा नयाँ नियुक्त भएका चार जना स्वयमसेवीकाहरूलाई पनि स्वागत गरिएको छ। नव नियुक्त स्वयमसेवीका रञ्जिता पाठक, शान्ति तामाङ, मुना निरौला र चन्द्रकला कट्वाललाई नगरपालिकाले स्वागत गर्दै आगामी दिनमा समुदाय सेवामा सक्रिय रहन आग्रह गरिएको थियो। स्वास्थ्य शाखाका फोकल पर्सन रोशन अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रम नगर उपप्रमुख नरमाया कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]