असार १७, २०८२ मंगलबार

नेप्से परिसूचक २८ अङ्कले बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज  (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ । एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो ।
आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको  उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छभने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]