मेचीनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समीक्षा
मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ ।
मंगलबार नगर सभाहलमा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले चालु आर्थिक वर्ष २०८१-८२ को बार्षिक समीक्षा गरेको हो । मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको छ ।
२०८१-८२ को बार्षिक समीक्षा कार्यक्रमको नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले प्रोजेक्टरमार्फत प्रस्तुत गरेकी थिइन् । जन्मजात अपाङ्गता पहिचानका लागि स्वास्थ्यकर्मीलाई २ वटा तालिम, ११९६ जना जन्मजात अपाङ्गता पहिचानका लागि नवजात शिशु मध्ये १५२६ जनाको जाँच र रेकर्ड, १४०८ जना नव दम्पतिलाई शुभकामना कार्ड वितरण, ८ जना मध्ये जन्मजात अपाङ्गता पहिचान भएका मेचीनगर–१३ का एकजना नवजात शिशुको उपचारमा सहयोग, १९९३ जनामध्ये ५६७ जनालाई फोलिक एसिड चक्कीको प्रभावकारिता वितरणका लागि पैरवी, विद्यालयमा स्वास्थ्य परीक्षणका लागि नर्सलाई २ वटा तालिम गरिएको छ ।
त्यस्तै, ५८३७ जना मध्ये ३६८४ जनाको विद्यालयमा स्वास्थ्य परीक्षण गरि विकास हुन सक्ने अपाङ्गता रोकथाम गर्न स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरिएको छ । जस्मा ३१३२ जना सामुदायिक विद्यालय र ५५२ जना संस्थागत विद्यालय रहेका छन् ।
लक्ष्य अनुसार ५९ जनालाई अपाङ्गता रोकथामका लागि प्रेषण सेवा दिने भनिएकोमा १२० जनालाई उक्त सेवा दिएको थियो । जस्मा ८० जना विद्यार्थीहरु रेफर भएका थिए ।
८७५७ जनामध्ये ४६७५ जनालाई जन्मेको २८ दिनदेखि ५ वर्ष मुनिका बालबालिकाहरुमा हुनसक्ने जन्मदोष, अपाङ्गताको सीघ्र पहिचान र व्यवस्थापनका लागि २७ वटा खोप केन्द्रमा सञ्चालन भएको थियो ।
एकदिन नगरस्तरीय शिविरसहित १५ लक्ष्य अनुसार १६ वटा अपाङ्गता भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सक, प्राविधिकद्वारा प्रारम्भिक जाँच गरिएको छ ।
यसैगरी, २२९३ वटा प्रोफाइल तथा पुनःस्थापना योजना तयारी गरिएको छ । सीवीआर र सहजकर्ताका लागि आधारभूत फिजियोथेरापी सामग्री खरिद प्रक्रियामा रहेको छ । ६८ जनामध्ये ४२ जनालाई स्वास्थ्य उपचार सहयोग र ३४ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई उपचार प्रक्रियामा रहेको छ । सीपी र अटिजम भएका परिवारका सदस्यहरुलाई हेरचाह गर्ने व्यक्तिहरुलाई २ वटा तालिम दिएको छ ।
८३ जनालाई विद्यालय भर्ना लक्ष्य रहेकोमा ३ जना शिक्षा शाखा मार्फत प्रक्रियामा रहेका छन् । शिक्षा शाखा मार्फत समावेशी शिक्षाका लागि शिक्षक र व्यवस्थापन समितिहरुलाई तीन वटा तालिम दिएको छ । शिक्षा शाखा मार्फत जेठ १५ गतेदेखि ४० जनामध्ये ३२ जनालाई अपाङ्गता भएका बालबालिकाहरुका लागि घरमा आधारित शिक्षा सञ्चालन भएको छ ।
९२ जनामध्ये ५२ जनालाई सीपमुलक र व्यवसायिक तालिम दिएको तथा ४५ जना नयाँ व्यवसायीलाई अनुदान प्रक्रियामा रहेको छ ।
१५ वटा मिलीजुली समूहका लागि सात लाख ५० हजार विउँ पुँजी सहयोगका लागि कार्यक्रम सम्पन्न भएको छ । २३५३ वटा पासबुक र रजिस्टर छपाई भएको छ । १३८० जनामध्ये ७६३ लाई अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्रमा पहुँच रहेको छ ।
सामाजिक सहभागिता वृद्विका लागि १५ वटा कार्यक्रम सञ्चालन भएको छ । एउटा नगरस्तरीयसहित १५ वटा अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्ति वा उनीहरुका अभिभावकहरुको १५ वटा मिलीजुली समूह गठन भएको छ ।
फागुनमा गठन भएको मिलीजुली समूहको १५० मा ७५ वटा वैठक सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको पालिकास्तरीय एउटा संस्था गठन भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको संस्था सुदृढीकरण तथा अपाङ्गता सशक्तिकरण कार्यक्रम सञ्चालनका लागि दुई लाख रुपैयाँ निकास भएको थियो ।
मिलीजुली समूहका लागि २ वटा बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको संस्थालाई एउटा क्षमता अभिवृद्वि तालिम, एउटा पालिकास्तरीय अर्धबार्षिक समीक्षा वैठक, १२ वटामा ५ वटा सीवीआर सहजकर्ता कार्यक्रम सम्पर्क व्यक्तिहरु र अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको मासिक वैठक, ११ वटा अपाङ्गता समन्वय समितिको वैठक बसेको थियो ।
एउटा अपाङ्गता सहायता कक्ष स्थापना भई सञ्चालनमा रहेको छ । स्वास्थ्य शिविरको समयमा ४ वटा अनुगमन तथा मुल्याङ्कन गरिएको थियो ।
जलवायु परिवर्तन लगायतका कारण प्राकृतिक विपत्तिमा परेका अपाङ्गता भएका व्यक्तिहरुका लागि भनेर वडा नम्बर ३ का अपाङ्गता भएका व्यक्तिको घर आगलागी भएकोमा परिवारलाई १५ हजार सहयोग गरिएको छ ।
समीक्षा कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, वडा नम्बर १ का वडाध्यक्ष रामकुमार राई, कार्यपालिका सदस्य तिलजा देवान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले जन्मजात अपाङ्गता भएका व्यक्तिहरुलाई भगवानले होइन प्रकृतिले त्यस्तो बनाएको बताए । उनीहरुको संरक्षण र प्रर्वद्धनका लागि तीनै तहको सरकार पवित्र काममा लागेको उनको भनाई छ ।
सामाजिक विकास समिति संयोजक ह्दय राजबंशीको अध्यक्षतामा सम्पन्न बार्षिक समीक्षा कार्यक्रमको सञ्चालन महिला विकास अधिकृत खरेलले गरेकी थिइन् ।