असार २१, २०८२ शनिबार

बाँकेमा साइबर अपराधका उजुरी बढे

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१-८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् ।

दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन् । आव २०८०-८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको छ । आव २०७९-८० मा एक सय छ, आव २०७८-७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ । साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : असार १८, २०८२ बुधबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]