बैशाख १२, २०८१ बुधबार

‘फेक न्यूज’ को पछि नलागौं

सम्पादकीय

विश्वमा त्रासपूर्ण दैनिक जीवन चलाइरहेका मानव जाति हरपल जोखिममा बाँचिरहेका छन् । हरेक राष्ट्र महामारीको रुपमा फैलिरहेको कोरोनाबाट सुरक्षित हुन आफ्ना नागरिकको सुरक्षामा दत्तचित्त भइ लागेका छन् । यतिवेला हरेक राष्ट्रको अन्तिम उदेश्य भनेको जनताको सुरक्षा नै हो । त्यसका लागि गक्ष्य अनुसारको काम भइरहेको छ । तर, यहि त्रासपूर्ण समयमा फेक न्यूज ( नक्कली समाचार) ले अर्को त्रास फैलाइरहेको छ । फेक न्यूजको पहिचान आम नागरिकको लागि जटिल पनि छ ।

फेक न्यूज एउटा अफवाह फैलाउने र त्रसित बनाउने मेलो मात्र हो । शनिवार २ वटा घटनाले चर्चा पायो । पहिलो नेविसंघका नेता विकास थापाले कोरोना संक्रमणले एक जनाको मृत्यू भइसकेको तर, सरकारले गुपचुप बनाएको अडियो सार्वजनिक गरे । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । यस्तै, नेपाली सेनाले राती १२ बजे कोरोना विरुद्धको औषधि आकाशबाट छर्किने सूचना आयो । तत्कालै नेपाली सेनाले त्यो सूचना गलत भएको विज्ञप्ति मार्फत जानकारी दियो । अब, कोहि पनि फेक न्यूजको पछि नलागौं । सरकारका निकायमा दर्ता भएका वा सरकारको आधिकारिक निकाय बाहेकका सूचनाका विश्वास नगरौं ।

शनिवार साँझसम्म २ लाख ८६ हजार ४ सय २ जनामा संक्रमण भएको तथ्याङ आएको थियो । त्यस्तै संक्रमणपछि ९३ हजार ५ सय ८६ जनाको उपचार सफल भइसकेको छ । यस्तै, ११ हजार ८ सय ८४ जनाको मृत्यू भइसकेको छ । त्यसमा मृत्यूदर धेरै पहलिो राष्ट्र इटली भएको छ । चिनबाट शुरु भएको महामारीले यतिबेला इटलीलाई तहसनहस बनाएको छ । हालसम्म नेपालमा १ जनामा पनि संक्रमण देखिएको छैन । सरकारको उच्च सतर्कताले अहिलेसम्म संक्रमण भएको समाचार सुन्न परेको छैन । त्यसैले आधिकारिक सूचनालाई आधार मानेर मात्र धारणा बनाउन जरुरी छ । नत्र, फेक न्यूजले ल्याएको कोरोनाबाट मनको विरामी बनिएला सतर्क बनौं ।

प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]