चैत्र १५, २०८० बिहीबार

प्रदेश १ मा इन्धन र ग्यासको अभाव नहुने

बिर्तामोड । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं। १ कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न आग्रह गरेका छन् ।

अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिए । ‘लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ’, प्रमुख साहले बताए ।

बिहीबार १७ थान ९ग्यास बोकेको० बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर सात वटा हिजै नेपाल आयल निगमको कार्यालयमा आइसकेको छ । बाँकी दश वटा आज आइपुग्ने, त्यसपछि ग्यास कम्पनी कोशी, रिजाल, मारुती, प्रिमा र सुगमलाई वितरण गर्ने तयारीमा रहेको निगमले जनाएको छ ।

लकडाउनलाई ध्यानमा राखेर निगमले भोलिदेखि प्रत्येक सिलिन्डरमा ७।१ केजी ग्यास वितरण गर्ने नियम बनाएको छ । कोशी ग्यास कम्पनीले आजैदेखि ७।१ केजी भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको निगमका प्रमुख साहले बताए ।

प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]