जेष्ठ ५, २०८१ शनिबार

Breaking News उधोगी शर्मा राजश्वको नियन्त्रणमा, उधोगमा छापा

बिर्तामोड । राजश्व अनुशन्धान विभागले झापाको गुट्खा उधोगमा आज विहान छापा मारेको छ । साकम्बरी प्रोडक्ट नेपाल भद्रपुरमा विभागले अनुसन्धान थालेको छ ।

भद्रपुरमा उत्पादन भइरहेको गुट्खा (नाज) मा अन्त शुल्क छली गरेको सूचनाका आधारमा छापा मारेको बुझिएको छ । राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले सञ्चालक रमेश शर्मालाई अहिले नियन्त्रणमा लिएको छ ।


अन्त शुल्क छलि गरेको आरोपमा शर्माको उधोगमा छानविन थालिएको विभागका महानिर्देशक दिर्घराज मैनालीले इजलासलाई जानकारी दिएका छन् । उनका अनुसार अहिले गुट्खा राखिएको गोदाम र उधोग हेर्ने काम भइरहेको छ ।

उनले शर्मालाई नियन्त्रणमा नलिएको बताएका छन् । गोदाम हेर्ने क्रममा सञ्चालक शर्मा विभागको टोलीले सँगै हिडाएको बताइएको छ ।

२० केजीको प्रति बोरामा अन्त शुल्क ११ हजार लाग्छ, महानिर्देशकले भने– रातभर उत्पाद गरेर विहानै बजारमा विक्री गरेको सूचना पाएकाले अनुसन्धान थालेका हौं । विभागका अनुसार अहिले सोधपुछ चलिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार  १ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]