बैशाख १४, २०८१ शुक्रबार

एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउन सकिए लगत्तै तिर्न आग्रह गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ५ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]