जेष्ठ ५, २०८१ शनिबार

विप्लव समूहले सेना बनाइसक्यो : गृहमन्त्री

गृहमन्त्री

काठमाडौं । नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको सरकारले बताएको छ । साथै उसको निशानामा अहिले उपत्यका परेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।
आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले भने, उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’
पछिल्लो वर्षहरुमा गैरकानुनी गतिविधि गर्दै आएको विप्लव समूहले अहिले मुख्य निशाना उपत्यकालाई बनाएको गृहमन्त्री बादलले बताए ।
आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको उनले संसदलाई जानकारी दिए । घटनामा मृत्यु भएका सबै विप्लव समूह सम्बद्ध नै भएको र घाइतेमा पनि अधिकांश उनीहरु नै रहेको बताए ।

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  १ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]