बैशाख ८, २०८१ शनिबार

बिर्तामोडका विपन्न परिवारलाई पुग्ने गरी सत्तारुढ पार्टीद्वारा चामलको व्यवस्था

बिर्तामोड । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिर्तामोड नगर कमिटीले बिर्तामोडलाई पुग्ने गरी चामल उपलब्ध गराएको छ ।

आज पार्टी नेतृत्वले बिर्तामोड नगरपालिकालाई राहत स्वरुप १० हजार केजी चामल बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

पार्टीका नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाई नेतृत्वमा नगर इन्चार्ज युवराज दाहाल, नगर कमिटी सचिव मोहन सुब्बा, जिल्ला सदस्य अरुण श्रेष्ठ, नगर कमिटी सदस्य सुभाष भट्टराई लगायतको टोलीले नगर प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारालाई चामल हस्तान्तरण गरेको हुन् ।

सरकारले लकडाउन गरेपछि समस्यामा परेका विपन्न परिवारको राहतका लागि खाद्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको नेकपा नगर कमिटी अध्यक्ष प्रसाईले बताए । ‘जनतालाई कुनै पनि हालतमा भोकै राख्नु हुँदैन भन्ने हाम्रो मान्यता हो’, अध्यक्ष प्रसाईले भने, ‘यसका लागि नेकपा नगर कमिटीले योजना बनाएर काम गरिरहेको छ ।’ अध्यक्ष प्रसाईले विपन्नका लागि पहिलो चरणमा चार लाख मूल्य बराबरको चामल नगरपालिकालाई हस्तान्तरण गरिएको बताए ।

प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार  ३ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]