चैत्र १५, २०८० बिहीबार

धरान सरकारले माग्यो बिपी प्रतिष्ठानसँग चन्दा

इटहरी । कोरोना भाइरस रोकथामको लागि भन्दै धरान उपमहानगरपालिकाले बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग चन्दा माग गरेको छ। सरकारले लकडाउनको घोषणा गरेसँगै राहतको कार्यक्रम ल्याउनुपर्ने भएकोले आर्थिक सहयोग गर्ने उपमहानगरले आग्रह गरेको हो।

प्रतिष्ठानका पदाधिकारीको १५ दिनको र कर्मचारीको १० दिनको तलब सहयोग गर्न उपमहानगरले पत्र काटेको हो। मेयर तिलक राइले हस्ताक्षर गरेको पत्रमा दैनिक ज्याला मजदुरी गरिखानेको लागि राहत दिनुपर्ने भएकोले आर्थिक सहयोग गर्ने भनिएको छ। सोही पत्रमा उपमहानगरपालिकाका कर्मचारीको १५ दिनको तलब दिने निर्णय गरेको र प्रतिष्ठानले पनि दिनुपर्ने उल्लेख गरिएको छ।

उता प्रतिष्ठानका कार्यबाहक उपकुलपति गुरु खनालले भने आह्वान गरेर कसैलाई चन्दा दिनुपर्छ भन्न नसकिने बताए। कर्मचारी वा पदाधिकारीले व्याक्तिगत रूपमा दिन सक्ने तर प्रतिष्ठानले नमाग्ने उनको भनाइ छ।

प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]