बैशाख २५, २०८२ बिहीबार

पाँच हजार पर्ने थर्मल गन १५ हजारमा बिक्री गर्ने ब्यापारी पक्राउ

काठमाडौं– पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्ने ब्यापारी पक्राउ परेका छन् ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई कालोबजारीको आरोपमा मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेका थिए । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]