नामी व्यापारी पराजुलीको सेवा : लकडाउनमा श्रमिकलाई दिएको २ हजार काम शुरु भएपछि फिर्ता लिने
बिर्तामोड । झापा भद्रपुरका नामी व्यापारी आदित्य पराजुलीले अप्ठ्यारोमा परेका श्रमिकलाई ऋणको बोझ बोकाएका छन् ।

उनले यो समयमा आफ्ना श्रमिकलाई आवश्यक व्यवस्थापन गर्नुको सट्टा काम शुरु भएपछि फिर्ता गर्ने गरी दुई हजार सापटी दिएका छन् । उनी आफ्नो उधोगका काम गर्ने श्रमिकलाई दुई हजार राहत दिन सक्ने व्यापारीमै पर्छन् । तर, उनले संकटमा पनि श्रमिकलाई ऋणको बोझ बोकाएपछि चौतर्फी आलोचना भइरहेको छ ।
पराजुलीको भद्रपुर– ६ स्थित पराजुली चिया प्रशोधन कारखाना, चिया बगान र मेचीनगर – १५ स्थित बायोमास उद्योगका मालिक हुन् । जहाँ कार्यरत १ सय ७० भन्दा बढी मजदूरलाई उनले सापटीस्वरुप रकम उपलब्ध गराएका छन् । लकडाउन खुलेर काम सुचारु भएपछि सो दुई हजार रुपैयाँ उनीहरुको पारिश्रमिकबाट काटिने पराजुलीले जानकारी दिएका छन् ।
ग्यासको उद्योगमा भने सामाजिक दूरी कायम राखी श्रमिकहरुले काम गरिरहेको पनि उनीहरुलाई सो सुविधा नदिएको पराजुलीको भनाई छ । लकलाउनले समस्या परेका सयौं गरिव, विपन्न परिवारको चुलो बाल्न सक्ने पराजुलीले आफ्नै श्रमिकको चुलो बाल्न सापटी दिएका छन् । यसै विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।