बैशाख २५, २०८२ बिहीबार

अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए ।

शंकर ग्रुपका सन्चालक अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ । यद्यपि उनले प्रहरीलाई प्रारम्भिक वयान दिँदा सो आरोप अस्वीकार गर्दै आएका छन् ।

उनले आफ्ना कर्मचारीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री लकडाउन अघि नै काठमाडौंको न्यूरोडबाट किनेको बताएका छन् ।
उनी कूटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बिक्रीका लागि नक्साल पुगेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको दाबी छ । उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ हुने सुरक्षा स्रोतले बतायो ।

प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार  ३ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]