जेष्ठ ६, २०८१ आईतबार

कनकाईमा जुट्दैछ राहतका लागि लाखौं रकम (नामावलीसहित)

कनकाई । कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रणका क्रममा उत्पन्न भएको अवस्थामा कनकाई नगरपालिका भित्र रहेका अति विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट रातह संकलन तिब्र रुपमा भइरहेको छ ।

हालसम्म कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिले ७ लाख ९० हजार १ सय ५५ रुपैयाँ , कनकाई नगरपालिका कर्मचारीले २ लाख ८२ हजार ५ सय ९०, नेकपा कनकाई ५१ हजार , रवि श्रेष्ठ ( हाल हङकङ) १ लाख १९ हजार ८ सय ३९, चम्पा फ्लावर्स इङलिस एकाडेमी कनकाई १५ हजार , ह्यापिलेण्ड फन पार्क २ लाख , रोटरी क्लव अफ सुरुङ्गा १ लाख १ हजार, दुर्गाप्रसाद उप्रेति हाल अष्टेलिया २५ हजार राहत स्वरुप नगद सहयोग गरेका छन् ।

यस्तै, कनकाई उवा संघले ७५ हजार, पृथ्वी बचत तथा ऋण सहकराी संस्था कनकाई ३५ हजार , नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर यनियन कनकाई १२ हजार , मोहन मिश्र १५ हजार , न्यू रेलिमाई युवा क्लव कनकाई १५ हजार , महेन्द्र चम्लागाई डाँगीबारी ९३ हजार ४ सय २८, सिम्रिक बचत तथा ऋण सहकारी संस्था ५० हजार , कर्णाली बचत तथा ऋण सहकारी संस्था सुरुङ्गा ५० हजार , कनकाई नगर प्याप्सन १ लाख १ हजार , कनकाई खेलकुद प्रतिष्ठान २५ हजार फ्रेन्ड्स ग्रुप नेपाली मञ्च नेपाल ३६ हजार , पार्वती अम्बिका कन्ट्रक्सन कनकाई २१ हजार , झापा मेरीगोल्ड अंग्रेजी विद्यालय २० हजार , प्रकाश सेडाई ११ हजार १ सय ५०, भगवति बचत तथा ऋण सहकारी संस्था ५१ हजार , साना किसान कृषि सहकारी संस्था घैलाडुब्बा २० हजार, साना किसान कृषि सहकारी संस्था घैलाडुब्बा अध्यक्ष र कर्मचारीले १५ हजार , मन्टेस्वरी एसोसिएसन अफ कनकाई १५ हजार, सुरुङ्गा जेसीज ५१ हजार, नवोदय बहुउदेश्यीय सहकारी संस्था कमल गापा २५ हजार, भानुभक्त तिम्सिना स्मृति प्रतिष्ठान झापा ५ हजार ५ सय , हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ५१ हजार र गोपिकृष्ण भट्टराई र सावित्रा दाहालले १० हजार ५ रुपैयाँ कनकाई नगरको कोषमा जम्मा गरेका छन् । यसैगरी दर्जनौं व्यक्ति तथा संघ संस्थाले जिन्सी समेत सहयोग गरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]