जेष्ठ ४, २०८१ शुक्रबार

प्रदेशको जनसुरक्षा कोषमा परिवार नियोजन संघ र लेखापढी व्यवसायीद्वारा ५१/५१ हजार सहयोग

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापाले कोरोना भाइरस कोभिड १९ नियन्त्रण र व्यवस्थापनको लागि एक नम्बर प्रदेश सरकारलाई ५१ हजार जम्मा गरेको छ ।

संघका तर्फबाट सभापति लोकनाथ भट्टराई र कार्यालय प्रमुख सुजन काफ्लेले आज बिहीबार प्रदेश सभाका माननीय सांसदद्वय बसन्त बानियाँ र ओमप्रकास सरावगीलाई ५१ हजारको बैंक भौचर संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश सरकारले स्थापना गरेको कोरना जन सुरक्षा कोषको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २१२०००५८८१०१मा संघका स्वयम्सेवक र कर्मचारीहरुले संकलन गरी रु ५१ हजारको भौचर हस्तान्तरण गरेको संघका सभापति भट्टराईले जानकारी गराउनु भयो ।

भौचर हस्तान्तरण कार्यक्रममा पूर्व सांसद पुष्पराज पोखरेल, सल्लाहकार संयोजक चन्द्रमणि पौडेल, वालध्वज कार्की, आजीवन सदस्य माधव विद्रोही, पुरुषोत्तम अधिकारी, गोविन्द कोइराला, गणेश पोखरेल, रेजिना शंकर, पूर्व संयोजक कृष्ण दाहालको विशेष उपस्थिति रहेको थियो ।
यसैगरी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले पनि आजै एक नम्बर प्रदेश सरकारलाई ५१ हजारको भौचर हस्तान्तरण गरेको छ ।

एसोसिएनले प्रदेश सरकारको कोरना जन सुरक्षा कोषको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २१२०००५८८१०१ मा रु ५१ हजारको भौचर माननीय सांसदद्वय ओमप्रकाश सरावगी र वसन्त बानियाँलाई हस्तान्तरण गरेको हो । एसोसिएसनका एक नम्बर प्रदेशका संयोजक पुरुषोत्तम अधिकारी, भद्रपुर इकाई अध्यक्ष लोकनाथ भट्टराई, उपाध्यक्ष निरज पोखरेल, सचिव लावण्यकुमार पोखरेल, कोषाध्यक्ष प्रकाश निरौला, सहसचिव अम्विका निरौला, पूर्व अध्यक्ष महेश न्यौपाने, एसोसिएसनका जिल्ला सचिव महेन्द्र खतिवडा, लेखापढी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष महेश भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]