जेष्ठ ४, २०८१ शुक्रबार

डाक्टरलाई १०० प्रतिशत भत्ता

सुनसरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले स्वास्थ्यकर्मीलाई १०० प्रतिशत भत्ता दिने घोषणा गरेका छन् ।

इटहरी उपमहानगरले जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत सम्म जोखिम भत्ता दिने निर्णय गरेको मेयर चौधरीले जानकारी दिए । उनका अनुसार क्वारेण्टाइनमा खट्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई खाइपाइ आएको तलब जति नै शतप्रतिशत जोखिम भत्ता दिइने छ ।

अस्पताल र स्वास्थ्य संस्थाहरुमा खट्ने स्वास्थ्यकर्मीलगायतलाई ७५ प्रतिशत र प्रशासनका कर्मचारीहरुलाई ५० प्रतिशत भत्ता दिइने निर्णय भएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  २ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]