जेष्ठ ३, २०८१ बिहीबार

इजलासको एक महिना : सूझावको आशा

प्रकाशकीय

प्रीय पाठक, हामीले अनलाईन मार्फत समाचार पस्किएको आज एक महिना पुरा भएको छ । गत बैशाख १३ गतेबाट हामीले यो अनलाईन पोर्टल शुरु गरेका थियौ । ०७४ बैशाखबाट टाइम्स मिडिया नेटवर्क प्रालि कम्पनी दर्ता गरेर शुरु गरेको इजलास दैनिक २ वर्ष पुरा गरेसँगै हामीले अनलाईन पनि शुरु गरेका हौ । अनलाईन शुरु गर्नुको मुख्य उदेश्य भनेको छिटोभन्दा छिटो सत्यतथ्य सूचना तथा समाचार यहाँहरुको बिचको पु¥याउनु हो । यसका लागि हामी हरपल प्रयासरत छौ ।


आजको सूचना तथा समाचारका लागि भोलीसम्म पर्खनुपर्ने बाध्यताको अन्त्य गरेको छौ । यसका लागि हामीलाई सहयोग गर्ने सबैमा आभार प्रकट गर्दछौ । सानो लगानीमा पनि सूचना प्रकाशन गर्ने ठुलो योजना त्यसै पनि चुनौतिपूर्ण छ । यसका लागि आवश्यक प्रयास र प्राविधिक तयारीमा जुटेका छौ । एक महिनामा हामीले नेपालका करिव १४ हजार अनलाईनलाई पछि पारेका छौ । यो तपाईको अमुल्य सूझाव र सल्लाह कै कारण सफल भएका हौ ।


अनलाईन शुरुवातबाटै हामीले नागरिकको बिचमा केहि यस्ता समाचार प्रकाशन ग¥यो, जसको धन्यवाद अहिले पनि पाइरहेका छौ । शुरुआतमा हामीले भनेका थियौ, ठुला भनिएका, शक्तिवाल र राजनीतिक विषयलाई कम प्राथमिकतामा राख्ने छौ । र, यो एक महिना पनि त्यस्तै रह्यो । अबका दिन थप रचनात्मक बनाउने छौ ।

हरेक समाचार नयाँ र यहाँहरुको बिचमा छिटो पु¥याउने व्यवस्था गर्ने प्रतिबद्धता छ । शक्तिसँग नझुकि आम मान्छेको कथा इजलासले पस्कनेछ । समग्रमा भुँइमान्छेको जीवनसँग मेलखाने गरी यो अनलाइनको यात्रा अविराम चलिरहने जानकारी गराउँदछौ । अहिले परिक्षण कालमा छौ । विधालयभित्रको वेथिती, प्रहरीको शुद्धिकरण, विकास निर्माणमा खवरदारी लगायतका सन्दर्भमा यो महिना सूचना सार्वजनिक गरेका छौ ।

आगामी दिनमा पनि नागरिकको साझा अनलाईन बनाउने छौ, इजलास डट कम । यसका लागि थप के गर्नुपर्छ ? कस्ता विषयलाई प्राथमिकता दिउँ ? अमुल्य सूझावको अपेक्षा गरेका छौ । र, हाम्रो अपेक्षा हरेक सूचना कुनैपनि समयमा तपाइले हामीलाई जानकारी गराउन सक्नुहुनेछ । तुरुन्त त्यसको फलो हामी गर्नेछौ । भोलीका दिनमा पनि तपाईको सहयोग हुने अपेक्षा छ ।

ijalas.com समूह

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]