बैशाख १५, २०८१ शनिबार

विप्लपसँग बम सकिएकै हो त ? आतंक मच्चाउन रक्सीको वोतल प्रयोग

बिर्तामोड । नेकपा विप्लप समुहले हिजो गौरादहमा राखेको शंकास्पद् वस्तु भनिएकोमा रक्सीको वोतल फेला प¥यो । गोल्डेन वक नामक रक्सीको वोतलमा बालुवा भरेको अवस्थामा नेपाली सेनाले भेट्टायो । केहि बेर त्रास भएपनि रक्सीको बोतलमा वालुवा भेट्टाएपछि चौतर्फी खिल्ली उडाइयो ।


त्यस्तै, दमकमा राखिएको शंकास्पद वस्तु कुकर थियो । कुकरमा वालुवा भरेर तार जडान गरेको अवस्थामा सेनाले भेट्टायो । झापामा तिन ठाउँ शंकास्पद वस्तु फेला परेपछि दिनभर त्रास भयो । तर, बमको नाममा रक्सीको बोतल भेट्टिएपछि विप्लप समुहसँग असली बल अभाव भएको टिप्पणी शुरु भएको छ ।


मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लामा भेटिएको शंकास्पद बस्तु पनि रक्सीको बोतल थियो । बजारबाट करिब २ सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम भएको अनुमान गरिएको शंकास्पद बस्तु रक्सीको बोतलमा तार जडान गरिएको अबस्थामा फेला परेको हो । उक्त वोतलमा नत रक्सी थियो नत बालुवा नै । खाली वोतल भेटिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।


सरकारले प्रतिबन्ध गरेको नेकपा विप्लपले हिजो बन्दको आव्हान गरेर देशभर त्रास मच्चायो । विप्लप समुहले बन्द मात्र गरे, देशको विभिन्न भागमा शंकास्पद वस्तु राख्दै त्रास पनि फैलाए । राजनीतिक नेतृत्वले विप्लपको यो कदमलाई बेठिक भनेका छन् । उनीहरुले हिजोको हिंसात्मक गतिविधिलाई प्रभाव जमाउने खोजिएको प्रयास मात्र भनेका छन् ।


वर्तमान नेतृत्वबाट परिवर्तन संभव नभएको भन्दै विप्लप समुह देशभर हिंसाको बाटोबाट परिवर्तन ल्याउन दौडिरहेका छन् । यसलाई आम जनताले पनि सहज रुपमा लिएका छैनन् ।
शक्तिशाली सरकारको अगाडि विप्लप समुहले सञ्चालन गरिरहेको गतिविधिले सरकारलाई पनि सहज चाहिँ छैन । काठमाडौं मै श्रृङखलाबद्ध बम विस्पोट गर्नु सरकारको लागि सुरक्षा चुनौति हो ।


गृहमन्त्री बादलले विप्लप समुहप्रति आक्रोस व्यक्त गरेका छन् । उनले हिंसाको बाटो गलत भएको औल्याएका छन् । जनसरकार र सेना बनाइसकेको प्रतिक्रिया दिएका गृहमन्त्रीले मुलुकको सुरक्षामा संवेदनशील बन्नुपर्ने देखिएको छ ।
यता, नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बन्दका दिन सो समुहले फैलाएको त्रास अन्तिम हुन सक्ने भन्दै अब वार्ताको लागि तयार भएको संकेत गरेका छन् ।

को शंकास्पद वस्तु कुकर थियो । कुकरमा वालुवा भरेर तार जडान गरेको अवस्थामा सेनाले भेट्टायो । झापामा तिन ठाउँ शंकास्पद वस्तु फेला परेपछि दिनभर त्रास भयो । तर, बमको नाममा रक्सीको बोतल भेट्टिएपछि विप्लप समुहसँग असली बल अभाव भएको टिप्पणी शुरु भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लामा भेटिएको शंकास्पद बस्तु पनि रक्सीको बोतल थियो ।

बजारबाट करिब २ सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम भएको अनुमान गरिएको शंकास्पद बस्तु रक्सीको बोतलमा तार जडान गरिएको अबस्थामा फेला परेको हो । उक्त वोतलमा नत रक्सी थियो नत बालुवा नै । खाली वोतल भेटिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
सरकारले प्रतिबन्ध गरेको नेकपा विप्लपले हिजो बन्दको आव्हान गरेर देशभर त्रास मच्चायो । विप्लप समुहले बन्द मात्र गरे, देशको विभिन्न भागमा शंकास्पद वस्तु राख्दै त्रास पनि फैलाए । राजनीतिक नेतृत्वले विप्लपको यो कदमलाई बेठिक भनेका छन् । उनीहरुले हिजोको हिंसात्मक गतिविधिलाई प्रभाव जमाउने खोजिएको प्रयास मात्र भनेका छन् ।


वर्तमान नेतृत्वबाट परिवर्तन संभव नभएको भन्दै विप्लप समुह देशभर हिंसाको बाटोबाट परिवर्तन ल्याउन दौडिरहेका छन् । यसलाई आम जनताले पनि सहज रुपमा लिएका छैनन् ।
शक्तिशाली सरकारको अगाडि विप्लप समुहले सञ्चालन गरिरहेको गतिविधिले सरकारलाई पनि सहज चाहिँ छैन । काठमाडौं मै श्रृङखलाबद्ध बम विस्पोट गर्नु सरकारको लागि सुरक्षा चुनौति हो ।
गृहमन्त्री बादलले विप्लप समुहप्रति आक्रोस व्यक्त गरेका छन् ।

उनले हिंसाको बाटो गलत भएको औल्याएका छन् । जनसरकार र सेना बनाइसकेको प्रतिक्रिया दिएका गृहमन्त्रीले मुलुकको सुरक्षामा संवेदनशील बन्नुपर्ने देखिएको छ ।
यता, नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बन्दका दिन सो समुहले फैलाएको त्रास अन्तिम हुन सक्ने भन्दै अब वार्ताको लागि तयार भएको संकेत गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  १ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]