जेष्ठ ५, २०८१ शनिबार

इजलास दैनिकले पुनर्जीवनका लागि आफुलाई तयार गरोस्

सन्तोष आचार्य

इजलास आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । यो वर्षको शुभकामना लेख्दै गर्दा मैले यसको नाम पछि “दैनिक” भन्ने शब्द प्रयोग गर्न चाहिन । दैनिक शब्दले सञ्चार माध्यमको छापा पत्रकारिता भन्ने बुझाउछ । पहिलो अंकदेखि तेस्रो वर्ष प्रवेशसम्म इजलासलाई दैनिककै रुपमा शुभकामना व्यक्त गरिएको हो । यो वर्ष चाहि प्रविधिको उन्नत प्रयोगले भन्दा पनि कोरोना भाइरसको महामारीका कारण पत्रिका प्रकाशन बन्द भएपछि अनलाईन संस्करणका लागि मात्र शुभकामना व्यक्त गर्नु परेको छ । इजलास दैनिकको पहिलो अंक प्रकाशनको अवसरमा मैले पनि अनावरण कार्यव्रmममा सहभागी हुने मौका पाएको थिएँ । त्यसपछिका वार्षिक उत्सवहरुमा सम्पादक मित्र प्रदीप परियारले आमन्त्रण गरेर सहभागी हुने र शुभकामना व्यक्त गर्ने अवसर दिदैं आउनु भएको छ । यस पटक भने औपचारिक कार्यव्रmमहरु गर्न लकडाउनले दिएको छैन । त्यसैले अक्षरमार्फत शुभकामनाका सन्देशहरु प्रवाह गर्नु परेको छ ।

इजलास दैनिकको दोस्रो वर्ष प्रवेशका अवसरमा आयोजित वार्षिक उत्सवमा मैले पहिलो पटक इजलासलाई अनलाईन संस्करणमा लैजान सुझाएको थिए । तेस्रो वर्ष प्रवेशको अवसरमा यसले अनलाईन संस्करण प्रारम्भ गरेको थियो । आज इजलास नामको सञ्चारमाध्यम झापामा सव्रिmय छ भनेर पुष्टि गर्न अनलाईन संस्करण प्रभावकारी भएको छ र यसै संस्करणमार्फत आज हामी वार्षिक उत्सवको अवसरमा शुभकामना आदान प्रदान गरिरहेका छौं । यो अवसरमा इजलासको नवजीवन अर्थात अनलाईन संस्करण अझ प्रभावकारी, जीवन्त र गतिशील बनोस्, अभ्यन्तरिक शुभकामना छ ।

यहाँ कुरा उठ्न सक्ने पाटो भनेको पत्रिका प्रकाशनको हो । इजलासको अनलाईन संस्करणलाई शुभकामना दिइरहँदा छापा संस्करण (पत्रिका) चाहि अब के हुन्छ ? भन्ने जिज्ञासा आम रुपमा उठिरहेको छ र यो जिज्ञासा स्वाभाविक पनि छ । अबका दिनमा हामीले यसै जिज्ञासाको सेरोफेरोमा हाम्रो पत्रकारितालाई केन्द्रीत गर्ने छौं । अर्थात हाम्रो पत्रकारिताको अभ्यास अब कता जादैछ भन्ने कुरामै अबका दिन केन्द्रीत हुनेछन् । हाम्र्रो पत्रकारितामा अबको दिनलाई “कोरोना अघि र कोरोना पछि” को समयमा हेर्नु पर्ने हुन सक्छ । मुलतः प्रविधिको विकासले चुनौतिपूर्ण बनाएको छापा पत्रकारितालाई यस पटक कोरोना भाइरसले संकटमा पुर्याइदिएको छ । कति पत्रिकाका अनलाइन संस्करणहरु यस अघि थिएनन् ।

हिजोआज ती पत्रिकाहरुले पनि अनलाइन संस्करण बनाउन थालेका छन् । यसले पनि छापा पत्रिकारितामा चुनौति थपिएको पुष्टि गर्छ । यसको अर्थ चाहि अब छापा पत्रकारिताको दिन सकिए त ? भन्ने पटक्कै होइन । बरु छापा पत्रकारिताले अब आफुलाई कसरी अगाडि लिएर आउँछ भन्ने चाहि हो । यो चुनौति झापाका पत्रपत्रिकाहरुको मात्र होइन, यो सिंगो देश र विश्वको पत्रकारिताले व्यहोरी रहेको चुनौति हो । यहि चुनौतिको भूमरीमा इजलास दैनिक (पत्रिका) पनि परेको छ । यस्तो अवस्थामा परिस्थितिको वस्तुगत विष्लेषण गरेर पाठकको रुची अनुसारका सामग्री पस्कन सकोस् पत्रिकालाई पुनर्जीवनको शुभकामना छ ।

कोरोनाको प्रकोप र पत्रकारितामा संकट

गत डिसेम्बर ३१ तारिखका दिन दिउँसो १ बजेर ३८ मिनटमा चिनको वुहानमा देखा परेको कोरोना भाइरस अर्थान कोभिड १९ रोगका कारण आज विश्व आव्रmान्त छ । महामारीको इतिहासमा यो यस्तो देश्यान आइपर्यो कि विश्वका अधिकांश देशहरु स्तब्ध छन् । यस अघि यो मात्रामा कुनै पनि हैजाले विश्वलाई आतंकित गरेको थिएन । मानिसहरुको मृत्युको आँकडालाई आधार मान्ने हो भने यसअघिनै विभिन्न खाने पेन्डामिक (हैजा) का कारण विश्वमा २० करोड भन्दा बढि मानिसको मृत्यु भइसकेको तथ्यांक छ । छैठौं र चौधौ सताब्दीमा प्लेगबाट र १९१९ मा स्पेनिस फ्लुबाट मर्नेको संख्या हालसक्मकै ठुलो संख्या हो ।

त्यस पछि इबोला, मार्स, जस्ता भाइरसबाट हुने हैजाहरुका कारण धेरै मानिसको मृत्यु भइसकको छ । मानव सभ्यतामाथिकै सबै भन्दा ठुलो संकटका रुपमा यतिबेला विश्वमा कोरोना भाइरस मडारिरहेको छ । गएको तीन महिनाभित्र कोरोना भाइरसका कारण १ लाख १५ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् । विश्वका २ सय भन्दा बढि देशहरु यो भाइरसबाट प्रभावित भएका छन् । अधिकांश देशहरु लक डाउनको अवस्थामा छन् । एउटा देशबाट अर्को देश आवतजावत ठप्प छ । दुनियाँका मानिसहरु सबै आफ्नै घर भित्र कैदी जस्तो जीवनमा बन्धित छन् । मान्छेबाट मान्छेमा सर्ने यो भाइरसका कारण जनजीवन कहाली लाग्दो बनेको छ । मानिसहरु एक आपसमा भेटघाट नगर्ने, नछुने, टाडै र गुप्त बस्नु पर्ने भएको छ । यसका लागि सामाजिक र भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले आव्हान नै गरेको छ ।

यति हुँदा हुँदै पनि आजसम्म आइपुग्दा कोरोना भाइरसबाट विश्वमा १८ लाख भन्दा बढिलाई संव्रmमण भइसकेको छ । संव्रmमण हुने व्रmम तिब्र छ । दुनियाका शक्तिशाली भनिएका देशहरु त्राहिमान बनेका छन् । पुरै युरोप धरासायी बन्दै छ । महाशक्ति अमेरिका के गर्ने र कसो गर्ने अवस्थामा पुगेको छ । कोरोनाको उद्भव चिनले संव्रmमणलाई केहि हदसम्म नियन्त्रण गरेको छ । त्यहाँ केहि दिनदेखि मृत्यु हुनेको संख्या नियन्त्रणमा छ । अन्य देशहरुले भने नियन्त्रण गर्न सकिरहेका छैनन् । इटाली, इरान, स्पेन, फ्रान्स, बेलायत जस्ता देशहरुले ठुलो संकट व्यहोर्नु परिरहेको छ । पछिल्लो समय छिमेकी देश भारत पनि पुरै लक डाउनमा छ । १ अर्व २५ करोडको आवादी भएको भारतमा कोरोना भाइरस नियन्त्रण बाहिर गयो भने अकल्पिनिय जोखिम हुन सक्छ । यो जोखिमबाट नेपाल पनि अछुतो रहने छैन ।

कोरोना भाइरस सुरु भएको १०० दिन पूरा गर्दैगर्दा नेपाल पूर्णरुपमा ठप्प भएको २१ दिने पुगेको छ । यसरी नै विश्वका अधिकांश देशहरु ठप्प छन् । यो बेला आम नागरिकहरुलाई सूचना प्रवाह गरिरहेका छन् इलेक्ट्रोनिक्स मिडियाहरु । छापा मिडिया भने करिब करिब बन्द नै छन् । भाइरस सर्ने आशंकाका कारण मानिसहरुले कुनै वस्तु या सेवामार्फत कसैसँग पनि संसर्ग गर्न चाहेका छैनन् । त्यस मध्ये पत्रिका प्रकाशन र वितरणको जुन प्रव्रिmया हो त्यो यस्तो बेलामा अकल्पनिय संकटमा परेको छ । कोरोना भाइरस प्रभावित देशहरुका अधिकांस पत्रिकाहरु बन्द भएका छन् । नेपालमा पनि छापा पत्रकारिता करिब करिब बन्दै छ ।

झापाका पनि प्राय सबै पत्रिका बन्द छन् । बन्द हुनुका मुख्य कारण दुई वटा छन् । पहिलो कारण हो लक डाउन, जहाँ कोहि पनि हिडडुल गर्न पाउँदैनन् । एक प्रकारको कफर््यु नै हो भने पनि हुन्छ । दोस्रो कारण हो रोग संव्रmमणको त्रास । दोस्रो कारणले बढि प्रभाव पारेको देखिन्छ । कफ्र्यु मात्र हुँदा त पत्रिका प्रकाशन र वितरणमा रोक लाग्दैन थियो । तर, भाइरस संव्रmमणको जोखिम हुने भनेपछि चाहि यो जोखिम मोल्न पाठक स्वयम् तयार छैनन् । यो घटनाले पत्रिकाको जीवनलाई ठुलो संकटमा पार्यो । यसै पनि छापा पत्रकारिता सूचना प्रविधिको चुनौति झेलिरहेको थियो । प्रतिस्पर्धात्मक बजारमा आफुलाई जसो तसो टिकाइरहेको थियो । कोरोना प्रकरण पछि भने यसको प्रभावकारिता र निरन्तरतामाथि चुनौति थपिएको छ । यो बेला आम नागरिकलाई सूचना प्रवाह गर्ने पहिलो माध्यमका रुपमा टेलिभिजन च्यानलहरु, अनलाईन न्युजपोर्टलहरु, युट्युब च्यानलहरु र सामाजिक सञ्जाल छन् । यो सूचिमा पत्रिकाको उपस्थिति नगन्य छ । आम नागरिकलाई सूचना प्रवाह गर्नु पर्ने संवेदनशील समयमा आफु बन्द भएर बस्नु पर्दाको पीडा यतिबेला दैनिक पत्रिकाहरुले व्यहोरी रहेका छन् । आम नागरिकलाई सूचना प्रवाह गर्ने हुटहुटीले पत्रिकाहरुले आफ्ना अनलाइन संस्करण विकास गरिरहेका छन् । यसो भन्नु भनेको पत्रिका भन्दा अनलाइन संस्करणहरु प्रभावकारी हुँदै गइरहेका छन् भन्नु नै हो ।

कोरोना भाइरसको संव्रmमण अवधिका बेला छापा पत्रकारिताले मुलत दुई खाले समस्या झेल्नु पर्ने हुन सक्छ । एउटा, पाठकको रुची र बानीमा आउने परिवर्तनको प्रभाव अर्को, पत्रिकाको बाजर र विज्ञापनमा पर्ने नकरात्मक प्रभाव । अब पाठकको रुची र बानीको कुरा गरौं । सूचना प्रविधिको विकाससँगै सामाजिक संञ्जालले आम नागरिकलाई सूचनाको सहज पहूँचमा पुर्याइदिएको छ । कुनै बेला सूचनाको पहिलो स्रोत पत्रकार हुन्थ्यो भने हिजोआज सामाजिक सञ्जालले यो स्थान लिन थालेको छ । अर्थात आम नागरिकले पहिला सूचना दिन्छन् र त्यसपछि पत्रकारले समाचार बनाउछन् । सामाजिक सञ्जालमा आएका विषय र स्रोतहरुको पुष्टिका लागि मानिसहरुले आम सञ्चारलाई उपयोग गर्न थालेका छन् । कुनै पनि घटनाको कच्चा सूचना तुरुन्तै फेसबुक या सामाजिक सञ्जालमा आइहाल्न थालेको छ । पछि त्यस घटनाको व्याख्या, विष्लेषण र औपचारिकताका लागि मात्र अन्य सञ्चारमाध्यम हेर्न थालिएको छ । खास गरेर फेसबुके अभ्यासका कारण तत्काल सूचनामा पहुँच र छोटा छोटा वाक्यांशमा बानी परेका पाठकहरु अब कुनै सूचना या समाचारका लागि पर्खिएर बस्ने अवस्थामा छैनन् । त्यसमा पनि लक डाउनका कारण लामो समयसम्म बन्द जस्तै भएर बसेका दैनिक पत्रिकाहरु पढ्न नपाए पछि पाठकहरुले बैकल्प खोज्ने र बानीमा परिवर्तन आउन सक्ने सम्भावना देखिएको छ । हरेक विहान चियासँगै पत्रिका पढ्ने बानी भएका पाठकहरुको दिनचर्या बद्लिएको छ । यो व्रmम बढ्यो भने पुन पुरानै बानीमा फर्कन सक्ने सम्भावना अन्त्यन्तै कम हुन्छ । अर्थात पाठकको बानी परिवर्तन भइसक्नेछ । छापा पत्रकारितामा पाठकको बानीको महत्वपूर्ण भूमिका हुने गर्छ । जुन कोरोना भाइरसको संव्रmमण अवधिमा उथलपुथल हुन सक्छ र छापा पत्रकारिताले ठुलो धक्का व्यहोर्नु पर्ने हुन सक्छ ।

दोस्रो कुरा हो पत्रिकाको विज्ञापन बजारको । जब पत्रिकाका पाठकको रुची र बानी परिवर्तन हुन्छ भने स्वाभाविक रुपमा विज्ञापन बजार पनि परिवर्तन हुन्छ । पाठकको रुची र बानीमा सञ्चारमाध्यमको प्रभावकारिता निर्धारण हुन्छ । यसैका आधारमा विज्ञापन बजारले आफ्नो उपस्थिति खोज्ने गर्छ । साथै लामो लकडाउनका कारण बजारको अर्थ व्यवस्था तहसनहस भएको हुन्छ । केही प्रतिष्ठानहरु आर्थिक संकटको सामना गर्न नसकेर बन्द हुनु पर्ने अवस्था आउन सक्छ । धेरैको रोजगारी गुम्न सक्छ । ठुलो भनिएका वित्तीय संस्थाहरु समेत धरासायी हुन सक्छन् । कमजोर आर्थिक अवस्था भएका व्यवसायिक प्रतिष्ठानहरु टाँट पल्टन सक्छन् । आम सञ्चारका लागि मेरुदण्डका रुपमा रहेको विज्ञापन बजार नै तहसनहस हुन सक्छ । फेरि पुरानै अवस्थामा फर्कन आर्थिक बजारलाई धेरै समय लाग्न सक्छ । यस्तो बेला एकले अर्कोलाई टिकाउन च्यारिटी गर्नु पर्ने हुन सक्छ ।

यतिबेला हाम्रा सञ्चार गृहले च्यारिटी गर्ने सामथ्र्य गुमाइसकेको हुन सक्छन् । धेरै विज्ञापन दाताहरुको चुल्हो बन्द भइसकोे हुन सक्छ । यो एउटा असाध्यै जटिल र कहाली लाग्दो अवस्था हो । यो अवस्थाले पत्रकारिता नराम्ररी प्रभावित हुने देखिन्छ । यो अवधिभर बन्द भएका सञ्चार गृहलाई पुन उठ्न निक्कै कठिन हुन सक्छ । यस्तो बेला “एक पत्रकार एक अनलाइन” को अवस्थाबाट गुज्रदै गरेको हाम्रो पत्रकारितामा कुनै पनि सामुहिक नेतृत्वको सञ्चारमाध्यम यसै जोखिममा पर्नेछ । सञ्चार गृहका लागि भन्दा पनि आफ्नै लागि समाचार लेख्ने र विज्ञापन खोज्ने प्रवृति बढ्दै गइरहेको बेलामा यो संकट आइलागेको छ । यस्तो अवस्थामा आफ्नो झोलाको अनलाइनलाई पत्रकारले महत्व दिने प्रवृत्ति बढ्ने देखिन्छ । यो एउटा माकुराको नियती हो । यो नियतीबाट छापा पत्रकारितालाई बचाउन सक्नु पर्दछ । फेरि पनि समाचारको आधिकारिता र औपचारिक दस्तावेजीकरण चाहि छापा पत्रकारिताले नै गर्नेछ ।

यसो भनिरहँदा के अब छापा पत्रकारिताको भविश्य छैन त ? भन्ने प्रश्न उठ्न सक्छ । त्यस्तो होइन । अझै पनि छापा पत्रकारिताको भविश्यमाथि प्रश्न उठ्ने बेला भइसकोको छैन । यसको प्रभावकारितामाथि भने प्रश्न उठ्न थालेको छ । यो भनेको पाठक के चाहन्छन् ? पत्रकार के लेखिरहेको छन् भन्ने विषय मात्र हो । कोरोनाका कारण विश्व आर्थिक बजारमा पर्ने असर र पाठकका बानीमा आउने परिवर्तनले एक हदसम्म छापा पत्रकारितलाई संकटमा पारेको छ । यसबाट उठ्न पर्छ र फेरि आम पाठकहरुको मन जित्ने गरिका सेवा र सामग्री पस्कन थाल्नु पर्छ । यो बेला एउटा चिलले आफुलाई पुनर्जन्म दिन ढुंगे गुफामा बसेर काचुली फेरे जस्तो कठिन समयमात्र हो । जीवन त अरु बाँकी नै छ ।

जबसम्म पुस्तक प्रकाशन र पठन पाठनको युग कायम रहन्छ तबसम्म छापा पत्रकारिताको आयु रहन्छ । तर यसका लागि पाठक रुची र उनीहरुको बानीमा आएको परिवर्तनलाई ध्यान दिन जरुरी छ । इजलास दैनिकले पनि आफुलाई पुनजीवनका लागि तयार गरोस् । संकट पछिको अवसरका लागि तयार पारोस् । पाँचौं वार्षिक उत्सव अनलाइन र पत्रिका दुवैको एकै साथ बनाउन पाइयोस् । चौथो वर्ष प्रवेशको अवसरमा हार्दिक शुभकामना छ ।

यो बेला हामी पत्रकारका पनि केही जरुरी काम र जिम्मेवारीहरु छन् । मुलतः कोरोना भाइरसको प्रभावमा यतिबेला सबै भन्दा बढि जोखिम तीन वटा पेशाकर्मीहरुले व्यहोर्नु परेको छ । पहिलो पेशाकर्मी हुन् स्वास्थ्यकर्मीहरु, दोस्रो हुन् सुरक्षाकर्मीहरु र तेस्रो सञ्चारमर्कीहरु । हामी तेस्रोमा पर्छौं । पहिलो र दोस्रोलाई राज्यले सम्बोधन गर्छ र गरिरहेको पनि छ । राज्यको सामथ्र्य अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षाको कुरा राज्यको तर्फबाट हुने गर्छ र भइरहेको छ । तर, हाम्रो अर्थात सञ्चारकर्मीहरुका बारेमा भने राज्यले औपचारिक रुपमा कहि कतै बोलेको सुनिएको छैन । कसैले पनि पत्रकारको सुरक्षाका बारेमा उत्ति महत्व दिएको देखिदैन । बरु समाचार संकलनका बेला दुव्र्यवहार भएको सार्वजनिक भइरहेको छ । एकातिर रोग संव्रmमणको जोखिम, अर्को तर्फ सत्यतथ्य सूचना संकलनका जटिलता त्यसमाथि हुने दूव्र्यवहार र अपमान ।

पत्रकारलाई यो बेला चौतर्फी आव्रmमण छ । यस्तो बेला विगतमा कहिल्यै नव्यहोरेको संकटको हामी सामना गरिरहेका छौं । हामीले आफ्नै सामथ्र्य र बलबुतामा यो संकटको सामना गरिरहेका छौं । अरुखाले संकट र समस्याहरुको सामना त हामीले इतिहासमा गरेकै हो तर यो संकटका केही छुट्टै विशिष्ठता छन् । त्यसकारण यो बेला पत्रकारले गर्नु पर्ने तीन काम छन् । पहिलो काम हो, व्यक्तिगत सुरक्षा व्यवस्थामा ध्यान दिने । दोस्रो, परिवार र समुदायको सुरक्षामा विशेष चासो राख्ने र तेस्रो काम हो, सार्वजनिक खवरदारी सहित आम जनसमुदायलाई सुसूचित गर्ने । हामीले सधै गरिआएको कामलाई यहाँ मैले तेस्रो स्थानमा राख्नुका विशेष कारण छन् । यो युद्ध एक्लै र छुट्टै बसेर लड्नु छ । किनकी सबै कुरा जीवनका लागि हुन् । जीवनको सुरक्षा पहिलो दायित्व हो । तसर्थ सधै तीन नम्बरमा पर्ने बुँदा यतिबेला एक नम्बरमा छ र सधै एक नम्बरमा पर्ने बुँदा आज तीन नम्बर छ । त्यसकारण यो संकटका केहि विशिष्ट चरित्र छन् भनिएको हो ।

यो हिजो कहिल्यैको जस्तो अवस्था होइन अर्थात यो असामान्य अवस्था हो । यो अवस्थाको गाम्भीर्यलाई राम्ररी बुझेर यी जिम्मेवारीहरुलाई कुसलतापूर्वक निर्वाह गर्दै विश्वलाई त्राहिमान पारिरहेको कोरोना भाइरसलाई पराजित गर्न हामी सबै सफल बन्नु छ । मानव सभ्यतामा आइपरेको यो संकट सामना गर्ने सबैले सामथ्र्य प्राप्त गरौं, कोरोना विरुद्धको लडाईमा हात धुएर लागौं । इजलासको वार्षिक उत्सव र नयाँ वर्ष २०७७ सालको सुखद अवसरमा असल कार्यको संकल्प सहित हादिक शुभकामना व्यक्त गर्दछु ।
(लेखक नेपाल पत्रकार महासंघ झापाका सचिव हुन्)

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]