जेष्ठ ४, २०८१ शुक्रबार

झापाको राहत कोषमा साढे ५ करोड जम्मा, बिर्तामोडमा धेरै

बिर्तामोड । झापाको राहत कोषमा स्थानीय तह र अन्य क्षेत्रबाट संकलित रकम ५ करोड ५५ लाख ७ सय १८ पुगेको छ । यो तथ्याङक बुधबार बिहानसम्मको हो । यसमध्ये बिर्तामोड नगरपालिकाले सबैभन्दा धेरै रकम जम्मा गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण राहत व्यवस्थापन गर्न झापा जिल्लामा आपतकालिन कोष स्थापना गरेर स्थानीय तहले राहत वितरण तथा व्यवस्थापन गर्दै आएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाले तयार गरेको कोरोना संक्रमण सुरक्षा तयारी अपडेटमा उल्लेख भए अनुसार राहत संकलनमा बिर्तामोड सबैभन्दा अगाडि छ भने गौरादह अन्तिममा छ ।

हालसम्मको तथ्याङक अनुसार दमकले ७० लाख , मेचीनगर ६० लाख, बाह्रदशी ५५ लाख, कन्काई ४३ लाख १४ हजार ९ सय २२ रुपैयाँ, गौरीगञ्ज ३७ लाख, कचनकवल ३२ लाख ६६ हजार, झापा २९ लाख, भद्रपुर २७ लाख ९३ हजार, हल्दीवारी १९ लाख ८७ हजार २ सय, अर्जुनधारा १९ लाख २४ हजार, कमल १९ लाख , शिवसताक्षी १५ लाख , बुद्धशान्ति १२ लाख ३२ हजार र गौरादह १० लाख ९६ हजार ५ सय ६६ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।

झापाको स्थानीय तहमध्ये आफ्नै कोषबाट बाह्रदशी गाउँपालिकाले ५५ लाख राहत कोषमा जम्मा गरेको देखिन्छ ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]