बैशाख २२, २०८१ शनिबार

मेची भन्सारका अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।

५५ लाख १० हजार ५ सय ९६ रुपैयाँ ३३ पैसा राजस्व चुहावट गरेको आरोपमा भन्सार अधिकृत विकसहित ५ जना विरुद्ध अख्तयारले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अधिकृत विक र नायव सुब्बा सनद खतिवडाले पैठारीकर्तासँगको मिलेमतोमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको देखिन आएकोले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको उनले बताए ।

सागर एण्ड साधना विजनेश प्रालि काठमाडौंका सञ्चालकहरु गंगाबहादुर घिमिरे र लिला बहादुर घिमिरे तथा भन्सार एजेन्ट प्रतिनिधि दिपेन्द्रराज पाण्डेविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

भन्सार अधिकृत र नायवसुब्बासँगको मिलोमतोमा पैठारी हुने वस्तुको यथार्थ विवरण नखुलाई सामानको नाम मात्र राखी जाँचपासमा सघाएको आरोपमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको कोइरालाले बताए ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ५ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]