बैशाख २४, २०८२ बुधबार

शैक्षिक परामर्श दिन एक्सपर्टको सेमिनार

बिर्तामोड । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले विधार्थीलाई परामर्श दिने उदेश्यले सेमिनार गर्ने भएको छ ।

आगामी जेठ १९ गते अस्ट्रेलिया जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिन सेमिनार आयोजना गरिएको बिर्तामोड शाखाका प्रमुख कृष्ण खतिवडाले जानकारी दिए ।
अस्ट्रेलियामा अध्ययनका लागि विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श सहित विभिन्न सूचना प्रदान गर्ने उद्देश्यका साथ उक्त सेमिनार आयोजना गरिएको एक्स्पर्टका विर्तामोड शाखा प्रमुख खतिवडाले जानकारी दिएका छन् ।

एक्सपर्टले बिर्तामोडस्थित आफ्नै कार्यालयमा आयोजना गर्ने सेमिनार मध्यान्ह १२ बजेबाट शुरु हुने छ । उक्त सेमिनारमा अस्ट्रेलियाका १५ वटा विश्वविद्यालयका प्रतिनिधिले सहजीकरण गर्नेछन् ।

नेपालमा शैक्षिक परामर्शका लागि उत्कृष्ट गन्तब्य मानिएको एक्सपर्ट विगत वर्षहरु देखि नै विधार्थीलाई परामर्श उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]