बैशाख ३१, २०८१ सोमबार

चारआली–धुलावारीसम्मको म्याराथनमा अञ्जित प्रथम

मेचीनगरमा प्रथम खेल महोत्सव शुरु

मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोतसव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।
मेचीनगर–१२ स्थित चारआली चोकबाट शुरु म्याराथनको नगरप्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरेका थिए ।


प्रतियोगतामा पुरुष र महिला सहभागी म्याराथनमा चारआलीदेखि धुलावारीसम्मको ६ किलो मिटरको दुरी तय गरिएको थियो । पुरुषतर्फ १७ मिनेट ८८ सेकेण्डमा उक्त दुरी पार गर्दै अञ्जित दर्जी प्रथम भए ।

भुपेन्द्र राई तथा सन्देश खवासले क्रमस दोस्रो र तेस्रो स्थान प्राप्त गरे । राईले १८ मिनेट २ सेकेण्ड तथा खवासले १८ मिनेट ८१ सेकेण्डमा निर्धारीत दुरी पार गरेका थिए । यसैगरी रविन राउतले १९ मिनेट ४ सेकेण्ड र तागेरा आङदम्वेले २० मिनेट ३ सेकेण्डमा उक्त दुरी पार गर्दै चौथो र पाँचौ स्थान जित्न सफल भए ।

पुरुषतर्फ ५७ जना धावक सहभागी थिए ।
यसैगरी, महिलातर्फको ६ किलो मिटरको दुरी भवानी कामतले २१ मिनेट २३ सेकेण्डमा पार गर्दै पहिलो भईन् । सन्धयाले २१ मिनेट ३१ सेकेण्ड, रितु मल्लिकले २१ मिनेट ५० सेकेण्डमा दुरी पार गरेर क्रमस दोस्रो र तेस्रो भए । सलिना तामाङले २२ मिनेट ४८ सेकेण्डमा र दृष्टि खड्काले २४ मिनेट २६ सेकेण्डमा दुरी पारेर क्रमस चौथो र पाचौ भए ।


महोत्सव आयोजक नगर स्तरीय खेलकुद विकास समिति मेचीनगरका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन बरालले कार्यक्रमको सभापतित्व गर्दै महोत्सवको औचित्य माथि प्रकाश पारेका थिए ।


महोत्सव अन्तर्गत विहीबारदेखि सोमबारसम्म काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने समितिका सदस्य मीनबहादुर बस्नेतले बताए ।

यसैगरी १७ देखि २१ गतेसम्म तुर्केनी खेलमैदानमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष क्रिकेट प्रतियोगिता, २१ देखि २३ गतेसम्म धुलावारी माविको खेल मैदानमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष भलिवाल, कवड्डी तथा एथलेटिक्स प्रतियोगित हुने छ ।


१७ देखि १८ गतेसम्म सरस्वती प्रावि परिसरमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष मार्सल आर्ट प्रतियोगिता सम्पन्न हुने सचिवालयले जनाएको छ । सवै विधाका खेलका विजेता र उपविजेतासहित अन्य विधाका विजयी खेलाडीलाई महोत्सव समापनका अवसरमा आयोजित भव्य कार्यक्रममा पुरस्कार प्रदान गरिने मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिवल, कवव्डी, एथलेटिक्स तथा मार्सल आर्टलाई समावेश गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]