बैशाख २३, २०८१ आईतबार

प्रचण्डको बैशाखीमा अडिएका भष्माशुर

बद्री भट्टराई –

वर्तमान अवस्थामा नेपाली राजनीतिक आकाशमाथि कालो बादल मडारिरहेको छ । विश्वलाई कोभिड १९ ले आक्रान्त पारिरहेको वेला नेपाल पनि अछुतो रहन सकेन । सरकार आफ्नो पुरा शक्ति त्यसको नियन्त्रण गर्न खर्च गरिरहेको छ । सरकार कोरोना भाइरस नियन्त्रण गर्ने सन्दर्भमा सफलता हासिल गरिरहेको पनि छ । सरकारले पछिल्लो समयमा ल्याएको दुई अध्यादेश त ती सत्तातुरहरुका लागि एउटा बलियो निहुमात्र हो । सरकारको अपार सफलताबाट आत्तिएका सत्तारुढ दल भित्रकै भष्मासुर, लोभी पापीहरु दिन दुगुना रात चौगुना सरकार विरुद्ध षडयन्त्र गरिरहेका छन्, खनिइरहेका छन् । प्रतिपक्षी दलहरुको आलोचनालाई समय र विषय अनुसार सरकारले अस्वभाविक मान्नु पनि हुदैन । तर आफन्त भनाउँदाहरुको यो रुझानलाई माफ गर्न सकिदैन ।

राष्ट्र र जनताका निम्ति इमान्दारी पूर्वक अहोरात्र खटिइरहने इतिहासकै पहिलो सरकार असफल बनाउन सत्तारुढ दल ने.क.पा. भित्रै ठूलो समस्या रहेको जगजाहेर नै छ । यो पंक्तिकार सत्तारुढ दल भित्रका केही मूर्धन्य नेता भनाउँदाहरुको चरित्र एवम् विशेषताको खोतलखातल गर्ने प्रयास स्वरुप यो छोटो आलेख पस्कन चाहान्छु ।

तत्कालिन ने.क.पा. एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल जो दशकौँ देखि रतन्धोले ग्रसित छन् । ने.क.पा. का हालका दुई नम्वरी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल उर्फ (प्रचण्ड) प्रधानमन्त्री भएको समयमा पार्टीसँग कुनै सरोकार नै नराखी, छलफल नै नगरी तत्कालिन प्रधान सेनापतिलाई हटाउने अनुमति दिएर सुटुक्क चिन तिर गएको, फर्किदा प्रचण्डको सरकार ढलि सक्दा र पार्टी भित्र तिव्र आलोचना हुदाँ किन पार्टीको अध्यक्षबाट राजिनामा दिनु भएन ? कमरेड झलनाथको के हैसयित र नैतिकता छ ? वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्ने आफ्नै पार्टीको सरकारका विरुद्ध खुलम खुल्ला मेदान मै नौटंकी देखाउन लाज लाग्दैन ? आम नेपालीलाई यतिखेर क. झलनाथ दिउँसै अन्धो भएको अनुभूति गररिहेका छन् ।

पूर्व प्रधानमन्त्री एवम् तत्कालिन ने.क.पा. (एमाले) पन्ध्र वर्षे महासचिव माधव कुमार नेपाल प्रधानमन्त्री भएको समयमा तत्कालिन ने.क.पा. माओवादी केन्द्रले सत्ताच्यूत गर्न दवाब दिइरहँदा सत्ता थामिदिने केपी ओली होइन ? राजा ज्ञानेन्द्र सत्तासिन हुँदा दाम राखेर ढोग्ने माधव नेपाल होइनन् ? पाँच वर्षलाई निर्वाचित वर्तमान सरकार प्रचण्डको बैशाखी टेकेर ढाल्ने अनि हाताहाती प्रधानमन्त्री खाने गरि अँध्यारो कोठामा बसेर षडयन्त्र गर्न कत्ति पनि लाज लाग्दैन है ? घरमा आगो लगाएर खरानीमा बस्ने, राज गर्ने कस्तोे दिवा स्वप्न ।

पूर्व प्रधानमन्त्री, तत्कालिन ने.क.पा. (मा. के.) का अध्यक्ष, वर्तमान ने.क.पा. का दुई नम्बरी अध्यक्ष जस्को ने.क.पा. भित्र २५ प्रतिशत मात्र हिस्सा छ, कार्यकारी अध्यक्ष, जनयुद्धको नाममा १७ हजार मानिसहरुको अनाहकमा ज्यान लिने, देश भरीका बँैक लुटाएर मोज मस्ती गर्ने, जनमुक्ति सेनाको तलव भत्ता हजम गर्ने, छोरी, बुहारी, ज्वाइ, भाइ भतिजको भबिष्य सुदृढ गर्ने, ०४२ साल यता विभिन्न वाहानामा मोहन बिक्रम सिंह, मोहन बैद्य, निर्मल लामा, डा. बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द आदि दर्जनौ नेता तथा सयौ कार्यकर्ताहरुलाई अन्याय पूर्वक पार्टीबाट रुवाउँदै खेद्ने, कसले बुझेकोे छैन प्रचण्डलाई । पार्टी एकता हुनु पूर्व बिघटन गर्नका लाजले १ हजार जनाको केन्द्रीय कमिटी बनाउने, वर्तमानमा एकल अध्यक्ष हुन तत्कालिन एमालेका पद लोलुप सरदारहरुलाई पद र मन्त्री बाढ्दै एकिकृत पार्टी ध्वस्त बनाउन कहिले शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल त कहिले वामदेव गौतम कहाँ षडयन्त्र पूर्वक गोप्य बैठक गरी आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीका बिरुद्ध मोर्चाबन्दी गर्दै हिड्ने ? सरकार गिराउन उद्दत हुने ? बुढापाकाले भन्ने गर्थे, स्याल बहुलाए पछि शहर पस्छ । कुनै हरकत नगरे हुन्छ वर्तमान ने.क.पा. हल्लाउन, सक्दैनौ । बरु बुझिराख, यस्तै नौटंकी गरिरहने हो भने आजै साइत नहेरौ ढीलो चाडो यो ने.क.पा. भन्ने पार्टीमा तिम्रो खैरात चल्दैन । पर्खिराख समयले नाङ्गेझार बनाउला !!

ने.क.पा. का वर्तमान उपाध्यक्ष, ०५४ मा तत्कालिन ने.क.पा. एमाले विभाजनकर्ता, निर्वाचनमा शुन्य सिट प्राप्त बामदेव गौतम, धेरैलै उहाँलाइ हामदेभ पनि भन्ने गर्छन् । चुनाव होरेका, आज भोलि नै प्रधानमन्त्री चाहिने, नपाउदा प्रचण्ड गुहार्ने ? कसैको भात पचाउन अघि अघि बढेर प्रधानमन्त्रीको राजिनामा माग्ने । यहाँ भन्दा घिनलाग्दा कोही छन् संसारमा ?

प्रतिपक्षीय राजनीतिक भूमिकामा बढी अभ्यस्त ने.क.पा. का नेताहरुलाई आफ्नै पार्टीका अध्यक्ष सरकार प्रमूख छन् भन्ने याद पनि छैन यति वेला ? यस विषम परिस्थितमा चालिएको यस कदम के राष्ट्र हितमा होला ? प्रतिपक्षलाई माथ गर्ने गरि गरिएका खुलमखुल्ला आलोचना, भित्रभित्रै गरिएका षडयन्त्र, सरकार विरुद्ध मिडियाहरुको अनुचित प्रयोग र अँध्यारो कोठामा बुनिएका तानाबाना हेर्दा लाग्छ, अब यिनीहरुबाट नेपाली जनताको कुनै प्रकारको हित हुदैन । सायद यो घटनाबाट आशा पनि गर्दैनन् । लाखौ कार्यकर्ताहरुलाई गुमराहमा राख्न पाउनजेल त भलै होला यिनिहरुको, तर वास्तबिकता थाहा पाइसक्दा यिनिहरुको अनुहार, हैसियत हेर्न लायक देखिदो हो । सन् १९९० को दशकमा शोभियत संघमा मिखायल गोर्भाचोभका विरुद्ध यस्तै प्रकारको शैली अपनाउँदा के भएको थियो थाहा होला नि तिमि धन्धुकारीहरुलाई ? भैसेपाटी स्थित वामदेव गौतमको घर पार्टी हेडक्वाटर हो र ? त्यहाँ पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्रीलाई सुइको सम्म नदिइ रातारात के. पि. ओलीको अध्यक्षतामा भएको सरकार हटाएर माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पार्टीको विधानको कुन दफामा लेखिएको छ, जवाफ छ माहासयहरु ?

अन्त्यमा, नेपाली जनताका सयौँ वर्ष देखिका चाहानाहरु पूरा गर्न, इमान्दारिता पूर्वक तिव्र विकास गर्न मुलुकलाई समाजवादी बाटोमा निरन्तर अगाडि बढाईरहन र पार्टीलाई एकतावद्ध बनाईराख्न के. पी. ओली नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिइरहनु पर्दछ । नत्र इतिहासमा कुनै वेला नेपालमा कम्युनिष्टहरुको दुई तिहाइको सरकार थियो रे भन्ने कथा पढ्नु पर्ला । झन खलनायकहरु यो यो थिए रे भन्ने पढ्दा कस्तो होला । चेतना भया ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  ३ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]