बिर्तामोडका बैंक १० देखि १२ बजेसम्म खोल्न निर्देशन
बिर्तामोड । लकडाउनमा बिर्तामोड क्षेत्रभित्रका बैंक २ घण्टा खोल्न दिने निर्णय भएको छ । बिर्तामोड नगरपालिकाले आजदेखि दैनिक १० बजेदेखि १२ बजेसम्म अनिवार्य रुपमा बैंकले सेवा दिनुपर्ने जनाएको छ । अहिलेसम्म बैंकले आफु खुशी खोल्दै आएका थिए । अब भने निश्चित समय तोकिएको नगर प्रमुख धु्व कुमार शिवाकोटीले जानकारी दिए ।