चैत्र १६, २०८० शुक्रबार

सिग्देलको मन अर्को मनसँग मिल्यो

बिर्तामोड । पत्रकार तथा लेखक तीर्थ सिग्देलको तेस्रो कृति तयारी भएको छ । उनले यसै साता नयाँ कृति बजारमा ल्याउने तयारीमा छन् । अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देलले तेस्रो कृति कथासंग्रह मनोनेट लिएर आउने भएका छन् ।


उनको यस अघि ०७३ सालमा जीवनको गति नामक निबन्ध तथा अनूभुतिमा आधारित पुस्तक र ०७५ सालमा पूर्वको राजनीति नामक खोज तथा अनुसन्धानमा आधारित इतिहास सम्बन्धी पुस्तक प्रकाशन भइसकेको छ । र, यसपटक साहित्य तथा लेखनको क्षेत्रमा अलग पहिचान बनाउने गरी उनको तेस्रो पुस्तक कथासंग्रह आउन लागेको हो ।


उनको कथासंग्रहको नाम मनोनेट हो । खासगरी मनोवैज्ञानिक बिषयवस्तु समेटिएका कथाले एकप्रकारको चर्चा बटुल्ने लेखकले आशा गरेका छन् । समाजमा ब्याप्त यौन मनोविज्ञानदेखि समाजले स्वीकार गर्न नसकेका कतिपय तथ्यको कथाले उजागर गर्ने र मानिसका मनमा उर्लेका अव्यक्त पीडाको पटाक्षेप गर्ने उनले बताए ।


खासगरी समाजका विभिन्न स्वरुप भित्र उकुसमुकुस भएर रहेका कतिपय घटना, जसले आजपनि मानिसलाई तरंगित पार्दछ । मन भित्र उर्लेका अप्रकटित भाव र एउटा मनले व्यक्त गर्न नसकेका कुष्ठा, जुन अहिलेको ठूलो समस्या हो ।


त्यसलाई मनोनेटको माध्यमबाट प्रकटित गरिएको छ । लेखकले भनेका छन्, ‘यो मनले अभिव्यक्त नगरेका कतिपय कुरा अर्को मनले बुझ्नु नै मनोनेट हो ।’ एउटा नौलो र अनौठो लेखन शैली कथा भित्र देखिन्छ, जसलाई यौन मनोविज्ञानको पाटोबाट हेर्ने हो भने समाजमा मान्छे नांगै देखिन्छन् । लेखक सिग्देलले भने, ‘यो तथ्य मानिसमाझ अस्वीकृत र लुकाइएको हुन्छ । जुन कुरा उनीहरु सजिलै भन्न सक्दैनन् ।’


अर्थात, एउटा मनले चाहेको कुरा अर्को मनले अभिव्यक्त नगरी बुझ्ने माध्यम नै मनोनेट हो । लेखकका अनुसार जेठ २० गते बिर्तामोडमा आयोजना गरिने कार्यक्रममा पुस्तक सार्वजनिक गरिनेछ ।


पत्रकार सिग्देलले मनोनेटमा एउटा मान्छे र अर्को मान्छे विचको मन भित्रका कुरा कसरी मिल्छन्, यसलाई कथामार्फत ल्याएका छन् । यो कृतिले सिग्देलको मन को सँग कहिले मिलेको थियो, कितावमा भेटिएला ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]