बैशाख ३०, २०८१ आईतबार

झिलझिलेमा साइकल चोरी गरेर सुरुङामा बेच्ने गिरोह पक्राउ

pic:police

बिर्तामोड । साइकल चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय झिलझिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेतरिया–४ मोरङका विकास पाण्डे, कनकाई –१ का छत्र खड्का र गोपाल सुन्दास रहेका छन् । उनीहरुलाई झिलझिले प्रहरीले बुधबार राती पक्राउ गरेको हो ।
केहि समयदेखि झिलझिले र आसपासका साइकल हराउन थालेपछि प्रहरी खोजी शुरु गरेको थियो । साइकल हराएको उजुरी बढेपछि चासो साथ प्रहरी चोरी गर्ने गिरोह खोज्न थालेको थियो ।
पक्राउ परेकाहरुले झिलझिले र सोहि क्षेत्र आसपासमा साइकल चोरी गरेर सुरुङा क्षेत्रमा विक्री गर्दै आएको प्रहरीको भनाई छ । ७ थान नयाँ तथा पुराना साइकल बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । उनीहरुलाई चोरीको मुद्दा लाग्ने छ ।
डिएसपी थापाले पक्राउ परेकाहरुको अनुसन्धान शुरु भएकोले मोटरसाइकल चोरीमा समेत संलग्न हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]