बैशाख २६, २०८२ शुक्रबार

१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ

विराटनगर । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]