जेष्ठ ४, २०८१ शुक्रबार

आजबाट फुटवल शुरु

मेचीनगरमा खेलकुद महोत्सव

मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा शुरु प्रथम मेचीनगर खेलकुद महोत्सव अन्तर्गत बिहीबार छात्र तथा छात्रातर्फको फुटवल प्रतियोगिता शुरु भएको छ ।
काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्रतर्फ इष्ट होराईजन मावि, धुलावारी मावि, सुर्र्याेदय मावि, पारिजात अंग्रेजी मावि, होली वेल अंग्रेजी विद्यालय, श्री भानु मावि विजयी भएका छन् ।

बलभद्र जनता मावि धाइजनलाई १ शुन्य गोल अन्तरले पराजित गर्दै इष्ट होराइजनले जीत दर्ता गरेको हो । इष्ट होराइजनका लागि खेलको म्यान अफ दी म्याच समेत घोषित अभिनास चौधरीले गोल गरेकका थिए ।

यसैगरी, बाल कल्याण मावि धुलावारीसँग १ शुन्यले पराजित भएको थियो । धुलावारीका लागि अभिशेक लिम्बुले गोल गरेका थिए । उता सुर्याेदय माविले ओसेनिक निर्भाण विद्यालयलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

सुर्याेदयका दुवै गोल सागर केसीले गरेका थिए भने निर्भाणका लागि उत्सव तामाङले १ मात्र सान्तवना गोल गरेका थिए ।


लिटल एञ्जल अंग्रेजी मावि समयमै मैदान प्रवेश नगरेपछि श्री भानु माविले वाकओभरमा खेल जित्यो भने विद्या विकास नआएका कारण होली वेलले वाकओभरमा खेल जित्यो । उता, छात्रातर्फको खेलमा बलभद्र जनता मावि र सरस्वती शिक्षा सदन विजयी भए ।

दुर्गा अंग्रेजी माविलाई १ शुन्य गोल अन्तरले बलभद्रले पराजित गर्यो । बलभद्रकी सविना लिम्बुको गोल नै निर्णायक बन्यो । सरस्वती शिक्षा सदनले धुलावारी माविलाई टाइव्रेकरमा ४–३ ले खेल जित्यो । विहीबार कुल दश खेल भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]