गोलधापबाट बेपत्ता भएका खनाल युट्युबमा देखिए
गोल्धाप । झापा हल्दिबारी – १ गोल्धापका सुरेन्द्र खनाल युट्युवमा भेटिएका छ्न । उनी गत जेठ ५ गते आइतबारदेखि बेपत्ता भएका थिए ।
गोल्धाप बजारमा खनाल कपडा पसल संचालन गरिरहेका उनी कपडा खरिद गर्न बिर्तामोड जाने भन्दै घरबाट हिडेका थिए ।
खनाललाई भाग्य न्यौपानेको युट्युबमा देखिएको भन्दै स्थानीय युवा अनिल सापकोटाले तस्वीर सामाजिक संजालमा राखेका छन् ।
न्यौपानेले केहिदिन अघि चितवनको देबघाट्मा गरेको छायांकनमा खनाल उभिएको पाइएको छ ।
युट्युबमा देखिएपछी उनको खोजीका पानी परिवार सहितको टोली चितवन प्रस्थान गरेको छ ।