असार २, २०८२ सोमबार

सडक स्तरोन्नति कार्य धमाधम

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक स्तरोन्नति कार्य धमाधम भईरहेको छ ।

नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी गरी कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई (प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भईरहेको हो ।
सडकको दुबै तर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ । अबको एक हप्ता पछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।
सडकको निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद आगामी माघ ३० गतेसम्म रहेको छ । बिर्तामोड नगरपालिकामा साना तथा ठुला दर्जनौ योजनाहरु सञ्चालनमा छन् ।

प्रकाशित मिति : पुष १४, २०८१ आईतबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]